इलाममा ४० प्रतिशत मत खस्यो
आज भइरहेको मतदानमा दिउँसो १ बजेसम्ममा ४० प्रतिशत मत खसेको छ । मतदान स्थलमा बिहानभन्दा अहिले मतदाताको संख्या उल्लेखनीय पाइएको इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो ।
देशभर १८ प्रतिशत मतदान : कुन जिल्लामा कति मत खस्यो ?
निर्वाचन आयोगका अनुसार बिहीबार मध्यान्ह १२ बजेसम्म १८ प्रतिशत मतदान भएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आज मध्यान्हसम्मा देशका सबै मतदान केन्द्रमा जम्मा ३१ लाख ६३ हजार ७३६ जनाले मतदान गरेका छन् ।
हुम्लामा ४४ प्रतिशत मतदान सम्पन्न
बिहीबार बिहानदेखि सुरु भएको मतदान कार्य दिउँसो १ बजेसम्म ४४ प्रतिशत सम्पन्न भएको छ । जिल्लाका सबै मतदान केन्द्रमा गरी सो मतदान कार्य सम्पन्न भएको हो ।
बागलुङमा ५१ जना कैदीबन्दीले गरे मतदान
जिल्ला कारागार बागलुङमा मतदान सम्पन्न भएको छ । कारागारमा रहेका १ सय ६१ कैदीबन्दीमध्ये ५३ जना मतदाता रहेका थिए ।
रौतहटमा ४० प्रतिशत मत खस्यो
रौतहटमा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार दिनको १२:३० बजेसम्म ४० प्रतिशत मत खसेको छ ।
काभ्रेमा १२ बजेसम्म २२ प्रतिशत मतदान
काभ्रेपलान्चोक जिल्लामा मध्यान्ह १२ बजेसम्ममा २२ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार जिल्लामा महिला ३० हजार १९५ र पुरुष ४३ हजार ७५४ जनाले मतदान गरेका हुन् । कुल मतदाताको संख्या १२ बजेसम्ममा ७३ हजार ९५४ जनाले मतदान गरेका छन् ।
दाङमा उत्साहजनक मतदान
प्रतिनिधिसभा सदस्य चयनका लागि आज भएको निर्वाचनअन्तर्गत दाङमा उत्साहजनक रूपमा मतदान भइरहेको छ ।
ताप्लेजुङमा २८ प्रतिशत मत खस्यो
ताप्लेजुङमा २८ प्रतिशत मत खसेको छ । बिहीबार दिउँसो १२ः१० बजेसम्ममा २८ प्रतिशत मत खसेको हो ।
बाँकेमा दिउँसो १२ बजेसम्म करिब २५ प्रतिशत मतदान
प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बाँके जिल्लामा शान्तिपूर्ण र उत्साहजनक मतदान भइरहेको छ ।
सल्यानमा अहिलेसम्म २०.६३ प्रतिशत मतदान
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सल्यानमा १२ बजेसम्म २०.६३ प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ ।
सल्यानमा २२ प्रतिशत मत खस्यो
सल्यानमा दिउँसो सवा १२ बजेसम्म २२ प्रतिशतभन्दा बढी मतदान भएको छ ।
धनकुटामा पाँच घण्टामा १४ प्रतिशत मत खस्यो
धनकुटामा १२ बजेसम्ममा १४ प्रतिशत मत खसेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाको निर्वाचन सेलले दिएको जानकारीअनुसार १२ बजेसम्म १६ हजार ५ सय ५२ मत खसेको छ ।
एमाले सचिव बस्नेतले गर्नुभयो मतदान
नेकपा (एमाले) सचिव महेश बस्नेतले मतदान गर्नुभएको छ । भक्तपुर क्षेत्र नम्बर २ का उम्मेदवार बस्नेतले आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो ।
कैलालीमा ३९ हजार मत खस्यो
कैलालीमा मतदान सुरु भएको साढे तीन घण्टामा ३८ हजार ४९० मत खसेको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार १०ः३० बजेसम्म ६.९८ प्रतिशत खसेको हो ।
बालकोट पुगेर एमाले अध्यक्ष ओलीले गर्नुभयो मतदान
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको छ । बिहीबार बिहान ११ः ३० बजे महेन्द्र शान्ति विद्यालय, बालकोट पुगेर उहाँले मतदान गर्नुभएको हो ।
बैतडीमा तीन घण्टामा तेह्र हजार मत खस्यो
प्रतिनिधि सभा निर्वाचनमा जिल्लाका सबै मतदाना केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भईरहेको छ । तीन घण्टामा करिब १२ हजार ९९८ मत खसेको छ ।
प्रतिनिधि सभा निर्वाचन : ११ बजेसम्म १० प्रतिशत मत खस्यो
प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभरका सबै मतदान केन्द्रमा मतदान जारी रहेको छ।
विदेशी निर्वाचन पर्यवेक्षकद्वारा मतदान केन्द्र अवलोकन
नेपालमा भइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको अवलोकन गर्न आएका विदेशी निर्वाचन पर्यवेक्षकहरूले काठमाडौँ उपत्यकाका विभिन्न मतदान केन्द्रको अवलोकन गरेका छन्।
संविधानको रक्षा गर्ने शक्तिसहितका पक्षमा जनमत आउने विश्वास छः पूर्वराष्ट्रपति डा यादव
पूर्वराष्ट्रपति डा रामवरण यादवले जारी निर्वाचनबाट संविधानको रक्षा गर्न सक्ने शक्तिसहितको पक्षमा जनमत आउने विश्वास व्यक्त गर्नुभएको छ ।
पूर्व प्रधानमन्त्री नेपालद्वारा मतदान
नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले रौतहट क्षेत्र नं १ स्थित गौर नगरपालिका वडा नं. २ को रामजानकी कन्या प्रावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
बागलुङ कारागारको अस्थायी मतदान केन्द्रमा मतदान सम्पन्न
बागलुङ कारागारमा मतदना सम्पन्न भएको छ । ५५ मतदाता रहेको बागलुङ कारागारको अस्थायी मदतान केन्द्रमा ५३ मत खसेको हो।
एमाले उपमहासचिव भट्टद्वारा कैलाली–४ मा मतदान
नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत कैलाली क्षेत्र नम्बर–४ को गोदावरी नगरपालिका–१ स्थित घण्टेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।
दाङका दुई मतदान केन्द्रमा मतदान सुरु हुन सकेन
मतदान सुरु भएको तीन घण्टा बढी समय भइसके पनि दाङका दुई मतदान केन्द्रमा अहिलेसम्म मतदान हुन सकेको छैन।
प्रतिनिधि सभा निर्वाचन : १० बजेसम्म ६ प्रतिशत मत खस्यो
प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभरका सबै मतदान केन्द्रमा मतदान जारी रहेको छ। बिहान १० बजेसम्म देशभर दस लाख ६५ हजार १२० मत खसेको निर्वाचन आयोगले जनाएको छ ।