‘समाजलाई अपाङ्गमैत्री बनाउनु सबैको कर्तव्य हो’
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले समाजलाई अपाङ्गमैत्री बनाउन सबैको समान दायित्व भएको बताउनुभएको छ ।
एमाले महाधिवेशन प्रतिनिधि छनोटः महोत्तरी–१ मा सरोज यादव समूह विजयी
नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियाअन्तर्गत महोत्तरी–१ मा सरोज यादव पक्षधर प्यानल विजयी भएको छ । सोमबार सम्पन्न मतदानको अन्तिम नतिजाअनुसार खुला तर्फ विराट विष्टले सर्वाधिक मतसहित अग्रता प्राप्त गर्दै विजयी बन्नुभएको हो ।
अपाङ्गता भएका व्यक्तिका अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्धःमुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपाङ्गता भएका व्यक्तिहरूका अधिकार, समावेशीकरण र सशक्तीकरण सुनिश्चित गर्न प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध भएको बताउनुभएको छ ।
राज्यका सबै संरचनामा अपाङ्गता भएका व्यक्तिको समान सहभागिता हुनुपर्छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
अपाङ्गता भएका व्यक्तिको संवधौनिक अधिकार पूर्णरुपमा कार्यान्वयन हुनुपर्छ : उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकारलाई पूर्णरुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ ।
समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
प्रधानमन्त्री सुशीला कार्कीले दिगो विकासका लक्ष्य प्राप्तिको लागि अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धतालाई प्राथमिकतामा राखी अपाङ्गता समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
‘राजनीतिक प्रश्नको न्यायिक समाधान नखोजौँ’
प्रधानमन्त्री सुशीला कार्कीले नागरिक सर्वोच्चता तथा राष्ट्रिय हित कायमका लागि जेनजी विद्रोहको जगमा संविधानसम्मत र पृथक् रूपमा आफ्नो सरकार गठन भएको जिकिर गर्नुभएको छ ।
पूर्वमन्त्रीसहित एमालेका दुई नेता निलम्बित
नेकपा (एमाले) ले ताप्लेजुङका दुई नेतालाई निलम्बन गरेको छ । ताप्लेजुङको ११औँ महाधिवेशन प्रतिनिधि छनोटका निर्वाचन प्रक्रियाको क्रममा साङ्घातिक हमला भएको भन्दै निलम्बन गरेको हो ।
चलचित्र विधेयक संशोधनसहित अघि बढ्छ : सञ्चारमन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विधेयक संशोधनसहित अगाडि बढ्ने बताउनुभएको छ।
मधेस प्रदेशका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिने हुनुभएको छ। आज यहाँ पत्रकार सम्मेलन गर्दै उहाँले बुधबार दिउँसो २ बजे विश्वासको मत लिन लागेको बताउनुभयो।
जिल्ला समन्वय समिति प्रमुख लामा एमालेमा प्रवेश
मङ्गलबार दिउँसो एमाले पार्टी कार्यालय पुग्नुभएका उहाँलाई पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्बोलगायतले खादा, माला लगाएर पार्टीमा स्वागत गर्नुभएको हो।
देशको अवस्था नाजुक छ : राजनीतिज्ञ कार्की
राजनीतिज्ञ मधु कार्कीले देशको अवस्था नाजुक रहेको बताउनुभएको छ । काठमाडौँमा मङ्गलबार पछिल्ला राजनीतिक एवं समसामयिक विषयवस्तुको बारेमा आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्रिपरिषद् बैठकका २७ निर्णय (सूचीसहित)
मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
पुटिनको भारत भ्रमणले रणनीतिक साझेदारीलाई नयाँ गति दिने
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणलाई रणनीतिक साझेदारी पुनर्जीवित गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिँदै रूसका प्रथम उपप्रधानमन्त्री डेनिस मन्तुरोभले यसलाई ‘वार्षिक उच्चस्तरीय शिखर सम्मेलनको परम्परामा पुनरागमन’ भएको बताउनुभएको छ ।
‘देश विकासका लागि श्रमदान अपरिहार्य’
देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले बताउनुभएको छ ।
तोकेको समयमा निर्वाचन गराउनु सरकारको मुख्य उद्देश्य : गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालयले तोकेको समयमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउनु यो सरकारको मुख्य उद्देश्य रहेको बताउनुभएको छ ।
एमाले महाधिवेशन प्रतिनिधि चयन सर्वसम्मत
नेकपा एमाले सिन्धुलीले पार्टीको आसन्न ११ औं केन्द्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन सर्वसम्मत टुङ्ग्याएको छ ।
महाधिवेशनका लागि समय कम भयोः नेता कोइराला
नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताउनुभएको छ ।
तनहुँमा आठ हजारभन्दा बढी नयाँ मतदाता
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गर्दै सञ्चालन गरिएको मतदाता दर्ता अभियानबाट तनहुँमा आठ हजार ३६६ नयाँ मतदाता थपिएका छन् ।
एमाले महाधिवेशन : महोत्तरीमा विवादित बन्दै प्रतिनिधि छनोट प्रक्रिया
नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोट प्रक्रिया महोत्तरीमा विवादित बन्दै गएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले आफ्नो गृह क्षेत्र महोत्तरी क्षेत्र नम्बर ४ को प्रतिनिधि छनोटमा मनपरी ढङ्गले हस्तक्षेप गरेको आरोप लगिएको हो ।
मतदान गर्न नागरिक आतुर देखिएका छन्
आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदै छ । निर्वाचनका लागि सरकार, निर्वाचन आयोग तथा सुरक्षा निकायले आआफ्ना तयारी तीव्र बनाइरहेका छन् । २०६४ र २०७० सालको संविधान सभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको अनुभव बटुलेका पूर्वप्रमुख कार्यवाहक निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ अहिले निर्वाचनको तयारी सन्तोषजनक रहेको बताउनुहुन्छ । निर्वाचन सफल
एमाले मुस्ताङबाट महाधिवेशनका लागि पाँच जना प्रतिनिधि चयन
नेपाल कम्युनिष्ट पार्टी (एमाले)मुस्ताङले एघारौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि सर्वसम्मत रूपमा टुङ्गो लगाएको छ ।
जेनजी आन्दोलनमा सुरक्षा त्रुटि , डिएसपी कुँवरलाई कारबाही सिफारिस
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा आफ्नो हतियार र सुरक्षा प्रदान गर्ने कार्यालय जोगाउन नसकेको आरोपमा सशस्त्र प्रहरी बल मुख्यालयले प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम कुँवरलाई विभागीय कारबाहीको सिफारिस गरेको छ ।
आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालीकोटको नरहरिनाथ गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनसोभा बुढा, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपाने तथा वडा नं. ७ का तत्कालीन वडाध्यक्ष दलबहादुर विश्वकर्मासमेत आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ