• २६ फागुन २०८२, मङ्गलबार

सुनसरी–१ मा समानुपातिकतर्फ श्रम संस्कृति पार्टी पहिलो

blog

निशा राई 

धरान, फागुन २६ गते ।  सुनसरी निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ पनि श्रम संस्कृति पार्टी नै पहिलो भएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार 'अञ्जुलीमा माटो' चुनाव चिह्न रहेको श्रम संस्कृति पार्टी ३२ हजार २३० मत प्राप्त गरी पहिलो भएको हो ।

समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ३० हजार ३६९ मतसहित दोस्रो स्थानमा रहेको छ । श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ प्राप्त गरेको मतको तुलनामा समानुपातिकमा ३ हजार ५११ मत कम पाएको छ भने रास्वपाले प्रत्यक्षको तुलनामा समानुपातिकमा ३ हजार ४२० मत बढी प्राप्त गरेको छ ।

अन्य दलमध्ये नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले ७ हजार ८७ मत, नेपाली कांग्रेसले ४ हजार ९९२, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ३ हजार ९२८ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ४४८ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय परिवर्तन पार्टीले १ हजार ३२६ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सुनसरी–१ मा खसेको कुल ८८ हजार ५०२ मतमध्ये ८५ हजार ३८२ मत सदर र ३ हजार १२० मत बदर भएको निर्वाचन कार्यालयको तथ्याङ्क छ ।