• २१ फागुन २०८२, बिहिबार

सल्यानमा २२ प्रतिशत मत खस्यो

blog

त्रिवेणी गाउँपालिका–६ स्थित चण्डेश्वरी आधारभूत विद्यालयमा मतदान कार्य चल्दै । तस्बिर: शङ्कर केसी

शङ्कर केसी

सल्यान, फागुन २१ गते । सल्यानमा दिउँसो सवा १२ बजेसम्म २२ प्रतिशतभन्दा बढी मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालय सल्यानका अनुसार एक लाख ६२ हजार ४४९ मतदातामध्ये दिउँसो सवा १२ बजेसम्म २२ प्रतिशतभन्दा बढी मतदाताले मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

जिल्लाभर शान्तिपूर्ण र मर्यादित रूपमा मतदान भइरहेको पनि जिल्ला निर्वाचन अधिकारी धीरेन्द्र भण्डारीले जानकारी दिनुभयो ।