प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल
प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबिच आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा छलफल सुरु भएको छ ।
समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगको अनुरोध
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध गरेको छ।
कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ
शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालमा द्रुत विकास हासिल गर्न वर्तमान ऐन, कानुन र प्रक्रियागत झन्झट मुख्य बाधक भएको टिप्पणी गर्नुभएको छ ।
प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल हुँदै
प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुबिच आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा छलफल हुने भएको छ ।
युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने तयारी गर्नु भएको छ ।
प्रतिनिधिसभा निर्वाचनः नेकपा सल्यानबाट प्रत्यक्षतर्फ पाँच जना उम्मेदवार सिफारिस
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सल्यानले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ पाँच जना उम्मेदवारको नाम सिफारिस गरेको छ।
जाजरकोट नेकपाबाट १३ जना उम्मेदवारको नाम सिफरिस
फागुन २१ गते सरकारले घोषण गरेको प्रतिनिधि सभा निर्वाचनका लागि छ जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।
प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ ।
उच्चस्तरीय राजनीतिक संवादमा सरकार
सरकारले फागनु २१ गतेका लागि तोकेको निर्वाचनका वातावरण बनाउन उच्चस्तरीय राजनीतिक संवाद अघि बढाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले शुक्रबार तीन वटै दलका शीर्ष नेतासँग भेटवार्ता गर्नुभएको छ भने आज निर्वाचनको अन्तिम तयारी तथा दलहरूबिचको थप समन्वयका लागि प्रधानमन्त्री कार्कीले बालुवाटारमा शीर्ष नेताहरूसँग छलफल गर्नुहुने छ ।
विदेशीको अभिलेख राख्न पहल जारी
नेपाल आउने विदेशी नागरिक अनिवार्य निगरानीमा रहने गरी सूचना प्रणाली व्यवस्थित गर्न सरकारले पहल थालेको छ । विगत पाँच वर्ष अघिदेखि गृहकार्यमा रहेको विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली जेनजी आन्दोलन र परिवर्तित परिस्थितिका कारण अन्योलमा परेको थियो । सरकारले यही पुस १७ गते अर्थात् नयाँ वर्ष सन् २०२६ को जनवरी १ देखि उक्त प्रणालीलाई अनिवार्य कार्यान्वयनमा लैजान थालेको हो ।
आयोग पदाधिकारीविरुद्धको रिट सर्वोच्चद्वारा खारेज
सर्वोच्च अदालतले ‘भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग’ का पदाधिकारीविरुद्धको रिट खारेज गरेको छ । सर्वोच्चको पूर्ण इजलासले शुक्रबार रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो । पूर्ण इजलासले निर्देशनात्मक आदेश लिखित रूपमा भने सार्वजनिक गरेको छैन ।
राष्ट्रिय हितमा सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ।
पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवस मनाउने सरकारको निर्णय
सरकारले पुस १५ गतेलाई च्याउ दिवसको रुपमा मनाउने निर्णय गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा पुस १५ गते राष्ट्रिय च्याउ दिवस मनाउने निर्णय भएको हो।
ताप्लेजुङबाट बुढाक्षेत्रीको एकल नाम सिफारिस
नेपाली कम्युनिस्ट पार्टी ताप्लेजुङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ खेलप्रसाद बुढाक्षेत्री (पराग) को एकल नाम सिफारिस गर्ने भएको छ।
रेशम र रञ्जिताको पार्टीबिच एकता हुँदै
रञ्जिता श्रेष्ठ अध्यक्ष रहनुभएको नागरिक उन्मुक्ति पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपालबिच एकता हुने भएको छ ।
कांग्रेस : नियमित महाधिवेशन नभए स्वतः विशेष महाधिवेशन गर्न माग
नेपाली कांग्रेस विशेष महाधिवेशन मागकर्ता महाधिवेशन प्रतिनिधिले तोकिएको समयभित्र १५ औं नियमित महाधिवेशन नभए स्वतः विशेष महाधिवेशन गर्न माग गरेका छन् ।
‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियो : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग निर्वाचनको बाटोमा धेरै अगाडि बढिसकेको भन्दै घोषित मितिमा निर्वाचन हुनेमा कुनै शङ्का नरहेको बताउनुभएको छ ।
प्रहरी सहायक निरीक्षकविरुद्ध नक्कली प्रमाणपत्रको आरोप
महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ, काठमाडौँमा कार्यरत तत्कालीन प्रहरी सहायक निरीक्षक चक्रदेव भट्टविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आरोपपत्र दायर भएको छ ।
निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना
निर्वाचन आयोगले राष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन मिडिया सेन्टर सञ्चालनमा ल्याएको छ ।
वनमन्त्री चौलागाईंद्वारा एनटिएनसीको संरक्षण प्रयासको प्रशंसा
वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)को संरक्षण प्रयासको प्रशंसा गर्नुभएको छ ।
महाधिवेशनको सन्देश गाउँ पुर्याउँदै एमाले
नेकपा (एमाले) बाँकेले हालै राजधानीमा सम्पन्न महाधिवेशनको सन्देश गाउँ तहसम्म पुर्याउन जिल्लास्तरीय भेला गरिरहेको छ ।
शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
राज्यका मुख्य अङ्गहरु कमजोर बन्दैछन् : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताउनुभएको छ ।
नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । उहाँले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ समारोहमा शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।