बबई–१ जिलामा १० मत खस्यो, मलईमा अझै भएन मतदान
स्थानीयले बहिष्कार गरेपछि दाङको बबई गाउँपालिका–१ जिलामा १० मत खसेको छ भने बबई–७ को मलईमा अझै मतदान हुन सकेको छैन।
गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका मतदान स्थलको अनुगमन
गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत निरीक्षण तथा अनुगमन गर्नुभएको छ।
इलाम कारागारभित्रै मतदान
इलामको कारागारमा रहनुभएका कैदीबन्दीले मतदान गर्नुभएको छ। जिल्ला कारागारभित्र रहेको मतदान केन्द्रमा कैदीबन्दीले मतदान गरेका हुन्।
प्रधानमन्त्री कार्की र कतारका समकक्षी अल–थानीबिच टेलिफोन वार्ता
प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गर्नुभएको छ।
भद्रकाली मतदान केन्द्रमा मतदान गर्दै नेपाली सेना
काठमाडौँको भद्रकालीस्थित अस्थायी मतदान केन्द्रमा नेपाली सेनाले मतदान गरेका छन् । निर्वाचन आयोगले भद्रकाली मतदान केन्द्रलाई अस्थायी मतदान केन्द्रका रुपमा तोकेको छ ।
दिउँसो ३ बजेसम्म ३९ प्रतिशत मतदान
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बिहीबार दिउँसो ३ बजेसम्म देशभर ३९ प्रतिशत मतदान भएको छ ।
तनहुँमा ४५ प्रतिशत मत खस्यो
तनहुँमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहानैदेखि उत्साहजनक रूपमा मतदान भइरहेको छ। जिल्लामा दिउँसो ३ बजेसम्म ४४.८३ (करिब ४५) प्रतिशत मत खसेको छ।
बाँकेमा ५० प्रतिशत मतदान
प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बाँके जिल्लामा शान्तिपूर्ण मतदान भइरहेको छ।
उपत्यकामा ४७ प्रतिशत मत खस्यो, देशभर ३३ प्रतिशत
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दिउँसो २ बजेसम्म देशभर ३३ प्रतिशत मत खसेको छ ।
कालाशिल्तामा एक घण्टादेखि स्थगित मतदान पुनः सुरु
एक घण्टादेखि स्थगित भएको सिमकोट गाउँपालिका–१, कालाशिल्ता मतदान केन्द्रको मतदान कार्य सुरु भएको छ। मतदान स्थलमा बसेको सर्वदलीय बैठकमा सहमति भएपछि मतदान कार्य सुरु भएको हो।
मकवानपुरमा ४० प्रतिशत मतदान
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुर जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ ।
नवलपुरमा ३५ प्रतिशत मत खस्यो
नवलपुरमा ३५ प्रतिशत मत खसेको छ । दिउँसो पौने १ बजेसम्म ३५ प्रतिशत मतदान भएको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले जानकारी दिनुभयो।
काभ्रेमा ३७ प्रतिशत मतदान
काभ्रेपलान्चोक जिल्लामा दिउँसाे २ बजेसम्ममा ३७ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार जिल्लामा महिला ५४ हजार ९२५ र पुरुष ६८ हजार २३४ जनाले मतदान गरेका हुन् ।
बैतडीमा २ बजेसम्म ३० प्रतिशत मत खस्यो
आज बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बैतडीमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ ।
धनकुटामा २ बजेसम्म ३१ प्रतिशत मत खस्यो
धनकुटामा दिउँसो २ बजेसम्म ३१ प्रतिशत मत खसेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाको निर्वाचन सेलले दिएको जानकारीअनुसार दिउँसो २ बजेसम्म ३६ हजार ८ सय ६ मत खसेको छ ।
कांग्रेस नेता खड्काले गर्नुभयो सुर्खेतबाट मतदान
नेपाली कांग्रेसका नेता पूर्ण बहादुर खड्काले सुर्खेतबाट मतदान गर्नुभएको छ । उहाँले सुर्खेतको निर्वाचन क्षेत्र नं. १ को सूर्यज्योती माध्यमिक विद्यालय, मेहेलकुनाबाट मतदानन गर्नुभएको हो ।
सर्लाही–४ का मतदान केद्रको अवलोकन गर्नुहुँदै सभापति थापा
नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ को निर्वाचन क्षेत्रका मतदान केन्द्रको अवलोकन गर्नुभएको छ । काठमाडौंको मैतीदेवीमा मतदान गरेर उहाँ बिहीबार दिउँसो सर्लाही पुग्नुभएको हो ।
इलाममा ४० प्रतिशत मत खस्यो
आज भइरहेको मतदानमा दिउँसो १ बजेसम्ममा ४० प्रतिशत मत खसेको छ । मतदान स्थलमा बिहानभन्दा अहिले मतदाताको संख्या उल्लेखनीय पाइएको इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो ।
देशभर १८ प्रतिशत मतदान : कुन जिल्लामा कति मत खस्यो ?
निर्वाचन आयोगका अनुसार बिहीबार मध्यान्ह १२ बजेसम्म १८ प्रतिशत मतदान भएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आज मध्यान्हसम्मा देशका सबै मतदान केन्द्रमा जम्मा ३१ लाख ६३ हजार ७३६ जनाले मतदान गरेका छन् ।
हुम्लामा ४४ प्रतिशत मतदान सम्पन्न
बिहीबार बिहानदेखि सुरु भएको मतदान कार्य दिउँसो १ बजेसम्म ४४ प्रतिशत सम्पन्न भएको छ । जिल्लाका सबै मतदान केन्द्रमा गरी सो मतदान कार्य सम्पन्न भएको हो ।
बागलुङमा ५१ जना कैदीबन्दीले गरे मतदान
जिल्ला कारागार बागलुङमा मतदान सम्पन्न भएको छ । कारागारमा रहेका १ सय ६१ कैदीबन्दीमध्ये ५३ जना मतदाता रहेका थिए ।
रौतहटमा ४० प्रतिशत मत खस्यो
रौतहटमा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार दिनको १२:३० बजेसम्म ४० प्रतिशत मत खसेको छ ।
काभ्रेमा १२ बजेसम्म २२ प्रतिशत मतदान
काभ्रेपलान्चोक जिल्लामा मध्यान्ह १२ बजेसम्ममा २२ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार जिल्लामा महिला ३० हजार १९५ र पुरुष ४३ हजार ७५४ जनाले मतदान गरेका हुन् । कुल मतदाताको संख्या १२ बजेसम्ममा ७३ हजार ९५४ जनाले मतदान गरेका छन् ।
दाङमा उत्साहजनक मतदान
प्रतिनिधिसभा सदस्य चयनका लागि आज भएको निर्वाचनअन्तर्गत दाङमा उत्साहजनक रूपमा मतदान भइरहेको छ ।