शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
प्रवीण कुमार शर्मा
रौतहट, फागुन २१ गते । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले रौतहट क्षेत्र नं १ स्थित गौर नगरपालिका वडा नं. २ को रामजानकी कन्या प्रावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
मतदानपश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै निर्वाचनमा मतदाताको उत्साह देखिएको बताउनुभयो । मतदाताले राजनीतिक नेतृत्व चयन गर्नेमा आफु बिश्वस्त रहेको उहाँले बताउनु भयो । पुर्व प्रधानमन्त्री नेपाल रौतहट क्षेत्र नं.१ बाट नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवार हुनु हुन्छ ।