शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
प्रकाशविक्रम शाह
धनगढी, फागुन २१ गते । नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत कैलाली क्षेत्र नम्बर–४ को गोदावरी नगरपालिका–१, घण्टेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।
पूर्वमन्त्री भट्टले कैलाली क्षेत्र नम्बर–४ बाटै प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएको छ । उहाँ २०६४ सालदेखि सोही क्षेत्रबाट लगातार उम्मेदवार बन्नुभएको छ । भने २०६४ र २०७४ मा सो क्षेत्रबाट जित हासिल गर्नुभएको थियो ।
मतदान केन्द्रमा बिहीबार बिहानैदेखि मतदाताको उल्लेख्य उपस्थितिसँगै शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया सञ्चालन भइरहेको छ ।