• २१ फागुन २०८२, बिहिबार

कैलालीमा ३९ हजार मत खस्यो

blog

मतदान गर्नका लागि लाइनमा बसेका मतदाता । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी
धनगढी, फागुन २१ गते ।
कैलालीमा मतदान सुरु भएको साढे तीन घण्टामा ३८ हजार ४९० मत खसेको छ ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार १०ः३० बजेसम्म ६.९८ प्रतिशत खसेको हो । निर्वाचन क्षेत्र नम्बर १ मा सात हजार ६५, क्षेत्र नम्बर २ कम आठ हजार १६१, क्षेत्र नम्बर ३ मा ११ हजार सात मत खसेको छ । यसैगरी क्षेत्र नम्बर ४ मा छ हजार १९ र क्षेत्र नम्बर ५ मा छ हजार २३८ मत खसेको छ ।   

कैलालीको पाँच वटै निर्वाचन क्षेत्रमा सौहार्दपूर्ण वातावरणमा शान्तिपूर्वक मतदान भइरहेको निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीले जानकारी दिनुभयो । कैलालीमा जम्मा पाँच लाख ५१ हजार ५२ मतदाता रहेका छन् ।