सर्वदलीय बैठक : उपसभामुख निर्वाचनबारे छलफल
सभामुख देवराज घिमिरेको आह्वानमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सर्वदलीय बैठकमा उपसभामुख निर्वाचनको आज (शनिबार) को कार्यतालिका सम्बन्धमा केन्द्रित रही छलफल भएको छ ।
जनताप्रतिको उत्तरदायित्व र जबाफदेहिता पहिलो प्राथमिकता : सभामुख
सभामुख देवराज घिमिरेले जनताप्रतिको उत्तरदायित्व र जबाफदेहितालाई पहिलो प्राथमिकतामा राखेर सभामुखको भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभा बैठकमा उपसभामुख चयन हुँदै (प्रत्यक्ष प्रसारण)
प्रतिनिधि सभाको उपसभामुख चयन प्रक्रिया नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको छ । आज (शनिबार) दिउँसो १ बजेबाट बसेको प्रतिनिधि सभा बैठकमा उपसभामुखको निर्वाचन हुने सदनको कार्यसूची छ ।
संसद् भवनमा सर्वदलीय बैठक जारी
प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा जारी रहेको छ ।
उपसभामुखमा दुई जनाको उम्मेदवारी
प्रतिनिधि सभाको उपसभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का इन्दिरा राना मगर र नेपाली कांग्रेसका मुक्ताकुमारी यादवले उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो ।
उपसभामुखमा कांग्रेस सांसद मुक्ताकुमारी यादवको उम्मेदवारी
नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित मुक्ताकुमारी यादवले उपसभामुख पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।
प्रतिनिधि सभालाई व्यवस्थित र मर्यादित बनाउनेछु : सभामुख घिमिरे
प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले प्रतिनिधि सभालाई व्यवस्थित र मर्यादित बनाउन प्रयत्न गर्ने बताउनुभएको छ ।
इन्दिरा राना मगरले दिनुभयो उपसभामुखमा उम्मेदवारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।
सभामुख घिमिरेद्वारा पदभार ग्रहण
सिंहदरबारस्थित कार्यालय पुगेर सभामुख घिमिरेले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहणपछि नवनिर्वाचित सांसदहरुका लागि संसदीय प्रक्रिया र कार्यक्रम सञ्चालन गर्न स्वीकृत दिने निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।
रास्वपाले इन्दिरा रानामगरलाई उपसभामुखको उम्मेदवार बनाउने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखमा पार्टीका सांसद इन्दिरा रानामगरलाई उठाउने निर्णय गरेको छ । शुक्रबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो नर्णय गरेको हो ।
राष्ट्रपतिसमक्ष सभामुख देवराज घिमिरेद्वारा शपथ ग्रहण
नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । शुक्रबार राष्ट्रपति भवनमा आयोजित शपथ ग्रहण कार्यक्रममा सभामुख घिमिरेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनुभएको हो ।
राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्छ : एमाले अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीले उम्मेदवारी दिने उल्लेख गर्दै त्यसैमा राष्ट्रिय सहमति हुनुपर्ने दाबी गर्नु भएको छ।
राष्ट्रपतिका लागि समर्थन जुटाउने प्रयासमा लाग्छौँः सांसद पौडेल
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा आफ्नो पक्षमा समर्थन जुटाउने प्रयासमा आजदेखि नै लाग्ने बताउनुभएको छ ।
सभाको प्रतिनिधित्व निष्पक्ष भएर गर्नेछु : सभामुख घिमिरे
नवनिर्वाचित सभामुख देवराज घिमिरेले सभाको प्रतिनिधित्व आफूले ठिक ढंगबाट गर्ने बताउनुभएको छ।
शान्तिसुव्यवस्थादेखि चिसोबाट नागरिक जोगाउन सरकारसमक्ष आग्रह
राष्ट्रियसभामार्फत् सरकारलाई देशको शान्ति सुव्यवस्था, शान्तिप्रक्रिया, भ्रष्टाचार न्यूनीकरण, सुशासन, सडक यातायात र यात्रा तथा चिसोबाट नागरिकलाई राहत पुर्याउन चाल्नुपर्ने कदमकाबारेमा ध्यानाकर्षण गराइएको छ ।
राष्ट्रिय सभामा विश्वविद्यालय विधेयक, २०७९ पेस
राष्ट्रिय सभा आजको बैठकमा विश्वविद्यालय विधेयक, २०७९ पेस भएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालका तर्फबाट परराष्ट्रमन्त्री डा. विमला राई पौडेलले उक्त विधेयकसभासमक्ष पेस गर्नुभएको हो ।
प्रतिनिधिसभा बैठकबाट शोक प्रस्ताव पारित
प्रतिनिधिसभा बैठकले माघ १ गते भएको पोखरा विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति शोक प्रस्ताव पारित गरेको छ । ज्येष्ठ सदस्य पशुपति शमशेर जवराले सभामुखको आसनबाट राख्नुभएको शोक प्रस्ताव बैठकले सर्वसम्मत पारित गरेको हो ।
उपसभामुखको निर्वाचन शनिबार
प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन यही माघ ७ मा हुने भएको छ । आजको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले उक्त जानकारी गराउनुभएको हो ।
सभामुख पदमा एमालेका देवराज घिमिरे निर्वाचित
प्रतिनिधि सभाको सभामुखमा नेकपा (एमाले) का सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको छ । झापाको अर्जुनधारा नगरपालिका –६ घर हुनुभएका घिमिरे झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।उहाँले १६७ मत प्राप्त गर्नुभएको छ ।
सभामुखमा जसपाको समर्थन एमालेका घिमिरेलाई
जनता समाजवादी पार्टीले सभामुखमा नेकपा (एमाले) का उम्मेदवार देवराज घिमिरेलाई समर्थन गर्ने भएको छ । जसपा प्रवक्ता मनिष सुमनले सभामुखका उम्मेदवार घिमिरेलाई समर्थन गर्ने बताउनुभयो ।
सभामुख पदका लागि निर्वाचन सुरु
प्रतिनिधि सभा सभामुख पदका लागि मतदान प्रक्रिया सुरु भएको छ । सभामुखको निर्वाचनका लागि मतदान प्रक्रिया सुरु भएको हो ।
राष्ट्रियसभा शून्य समय : हवाई यातायातलाई सुरक्षित बनाउन माग
राष्ट्रियसभा बैठकको शून्य समयमा सांसदहरुले विश्वभरि नै सुरक्षित मानिएको हवाई यातायातलाई नेपाली आकाशलाई पनि सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
कृषि उत्पादन वृद्धि हुनेगरी काम गर्छु : कृषिमन्त्री साह
कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रमा कम खर्च गरी धेरै उत्पादन वृद्धि हुनेगरी काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
एमाले अध्यक्षको भनाइले सङ्घीयता खतरामा परेकाे जस्तो छः सांसद निधि
नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधिले न्यायपालिकालाई नै निर्देशन दिने प्रणालीबाट सबै जनता झस्किएको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रतिनिधि सभा विघटन प्रतिगामी होइन भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको व्यवहारबाट सबै झस्किएको समेत बताउनुभयो ।