विदेश जाने विद्यार्थी रोक्न विधेयक ल्याइएको हो : मन्त्री खनाल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले उच्च शिक्षाका लागि ठूलो सङ्ख्यामा विदेश गइरहेका विद्यार्थीलाई रोक्न नेपाल विश्वविद्यालय विधेयक अघि बढाइएको बताउनुभएको छ ।
प्रतिनिधि सभाको अर्को बैठक माघ १८ गते
प्रतिनिधि सभाको अर्को बैठक माघ १८ गते बुधबार बस्ने भएको छ
भूकम्पबारे सदनलाई जानकारी गराउन सांसद पाण्डेको माग
नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले आज अपराह्न पश्चिम नेपाललाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका बारेमा सदनलाई जानकारी गराउन माग गर्नुभएको छ ।
विगतमा कानुन पालना गराउनेलाई आदेश पालना गराइयो : गृहमन्त्री
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले राज्यका संयन्त्रलाई थिलोथिलो पारिएर छाडिएका कारण अपेक्षित रूपमा काम गर्न नसकिएको बताउनुभएको छ ।
विशेष समितिको प्रतिवेदनमाथि छलफल
राष्ट्रिय सभाले सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
राष्ट्रिय सभा बैठक (प्रत्यक्ष प्रसारण)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्नुभएको छ ।
मुलुक अप्ठ्यारो अवस्थामा छ, राष्ट्रिय सहमति गरौँ : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा व्याप्त समस्या समाधान गरेर अघि बढ्न दलहरुबीच सहमति, सहकार्य र राष्ट्रिय एकताको खाँचो रहेको बताउनुभएको छ ।
राष्ट्रिय सभामा गुणस्तरहीन औषधिदेखि शीतलहरसम्मका कुरा
राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतमले गुणस्तरहिन औषधि उत्पादन र बिक्री वितरणमा रोक लगाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
२१ सदस्यीय प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन
प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन गरिएको छ । मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा सो प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
मङ्गलबारको प्रतिनिधि सभा बैठक
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ । मङ्गलबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्ष गर्न सदस्यहरुको नाम हेरफेर गर्नुहुने छ ।
सङ्घीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै
आज (मङ्गलबार) सङ्घीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ भने राष्ट्रिय सभाको बैठक १ बजेर १ मिनेटमा बस्दैछ ।
कांग्रेसले प्रमुख विपक्षी दलको सुविधा पाउने
नेपाली कांग्रेसले प्रमुख विपक्षी दलको सुविधा पाउने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
उपसभामुख इन्दिरा राना मगरद्वारा शपथ ग्रहण
नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उपसभामुख मगरले आज (सोमबार) राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख देवराज घिमिरेसमक्ष शपथ ग्रहण लिनुभएको हो ।
निर्माण गति सुस्त छ, सुधार्नुस् : संसदीय टोली
राष्ट्रिय सभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको टोलीले सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको आज (सोमबार) अवलोकन गरेको छ ।
कानुन अभावमा जनताको काममा अवरोध नहोस् : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय भूमिकालाई प्रभावकारी बनाउन प्रतिनिधि सभा र प्रदेश सभाको बीचमा अनुभवहरूको आदानप्रदान हुनुपर्ने बताउनुभएको छ ।
उपसभामुख इन्दिरा राना मगर रास्वपाबाट अलग
पसभामुख इन्दिरा राना मगर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अलग हुनुभएको छ । सत्तारुढ दलको समर्थनमा शनिबार उपसभामुख पदमा निर्वाचित हुनुभएपछि मगर पार्टीबाट अलग हुनुभएको हो ।
प्रतिनिधि सभाको अर्को बैठक माघ १० गते बस्ने
प्रतिनिधि सभाको अर्को बैठक माघ १० गते बस्ने भएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले अर्को बैठक माघ १० गते मङ्गलबार दिउँसो १ बजे बस्ने जानकारी गराउनुभएको हो ।
इन्दिरा राना प्रतिनिधि सभाको उपसभामुख निर्वाचित
प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद इन्दिरा राना मगर निर्वाचित हुनुभएको छ। सत्तारुढ दलको समर्थनमा उपसभामुख पदको उम्मेदवार बन्नुभएका मगर १६६ मत ल्याएर निर्वाचित हुनुभएको हो।
प्रतिनिधि सभा उपसभामुख पदका लागि निर्वाचन सुरु
प्रतिनिधि सभा उपसभामुख पदका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। शनिबारको प्रतिनिधि सभा बैठकमा दुवै पक्षका प्रस्तावक, समर्थक र सांसदले बोलिसकेपछि उपसभामुखको निर्वाचनका लागि मतदान प्रक्रिया सुरु भएको हो।
अख्तियारले भ्रष्टाचारका फाइल अनुसन्धान नगरेको भन्दै सांसद शाहीको आपत्ति
सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका फाइल अनुसन्धान नगरेको भन्दै आपत्ति जनाउनुभएको छ।
नेपालको संविधान सङ्कटमा छ : सांसद चौधरी
नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले नेपालको संविधान सङ्कटमा रहेको बताउनुभएको छ ।
उपसभामुख पद प्रतिपक्षलाई दिनु उपयुक्त हुन्छ : सांसद पाण्डे
नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले प्रतिनिधि सभाको उपसभामुख पद प्रतिपक्षी दललाई दिनु उपयुक्त हुने धारणा व्यक्त गर्नुभएको ।
प्रतिनिधि सभा बैठकमा सभामुखको रुलिङ चल्छ : उपप्रधानमन्त्री लिङ्देन
उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङदेनले जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय मर्यादा विपरीत संसदमा आफैँले सहिदहरूको सम्मानमा मौनधारण गर्न लगाउनु संसदीय मूल्य मान्यताअनुकुल नभएको बताउनुभएको छ ।
उपसभामुख निर्वाचनसम्बन्धी प्रस्तावमाथि छलफल
प्रतिनिधि सभाको उपसभामुख चयनको प्रक्रिया सुरु भएको छ। प्रतिनिधि सभाको शनिबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले सांसद इन्दिरा रानालाई प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव पेस गर्नुभयो।