• १४ मंसिर २०८१, शुक्रबार

भूकम्पबारे सदनलाई जानकारी गराउन सांसद पाण्डेको माग

blog

काठमाडौं, माघ १० गते । नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले आज अपराह्न पश्चिम नेपाललाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका बारेमा सदनलाई जानकारी गराउन माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा समय माग गर्दै उहाँले भूकम्पले क्षतिका बारेमा जानकारी गराउन सरकारलाई रुलिङ गर्न सभामुखलाई आग्रह गर्नुभयो । 

आज दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला केन्द्रबिन्दु भएर ५ दशमलव ९ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।रासस