प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार बिहान साढे ११ बजेदेखि बैठक सुरु भएको हो ।
देशको समग्र हितको रक्षापछि संसद् अवरोध अन्त्य हुन्छ : अध्यक्ष ओली
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका नेता एवम् अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको अवरोध अन्त्य हुने बताउनुभएको छ ।
प्रतिनिधि सभा बैठक सोमबारका लागि सर्यो
प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दलसहितका प्रतिपक्षी दलले अवरोध गरेपछि आजको बैठक स्थगित गरी भोलि सोमबारका लागि सारिएको छ ।
राष्ट्रिय सभाद्वारा पूर्व सांसद पाण्डेको शोक प्रस्ताव पारित
राष्ट्रिय सभा बैठकले पूर्व सांसद मीना पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकले पूर्व सांसद पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।
नागरिकता विधेयक संसद् बैठकमा ल्याइयोस् : प्रमुख सचेतक गिरी
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको नागरिकता विधेयक फिर्ता गरी संसद् बैठकको प्रक्रियाबाट अघि बढ्नुपर्ने बताउनुभएको छ ।
प्रतिपक्षको नाराबाजीले प्रतिनिधि सभा बैठक स्थगन
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लगायत दलले नाराबाजी गरेपछि प्रतिनिधि सभाको बैठक केही समयका लागि स्थगन गरिएको छ ।
प्रतिनिधि सभा बैठकको आजको कार्यक्रम स्थगन गर्न प्रस्ताव पेस
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभाको आजको संसद्को बैठकको कारबाही स्थगन गर्न प्रस्ताव पेस गरेको छ ।
संसद् भवनको काम निर्धारित समयमा सम्पन्न गर्न सभामुखको निर्देशन
सभामुख देवराज घिमिरेले नयाँ संसद भवनको काम निर्धारित समयभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ।
सभामुख घिमिरेद्वारा नयाँ संसद् भवनको निरीक्षण (फोटो फिचर)
सभामुख देवराज घिमिरेले बन्दै गरेको नयाँ संसद भवनको निरीक्षण गर्नुभएको छ । सभामुख घिमिरेले बिहीबार सिंहदरबारस्थित बन्दै गरेको संसद् भवनको निरीक्षण गर्नुभएको हो ।