• ७ जेठ २०८१, सोमबार

गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

blog

फाइल तस्बिर

काठमाडौं, असार १२ गते। विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्न गणपूरक सङ्ख्या नपुगेकाले आजै आधा घन्टाका लागि प्रतिनिधिसभाको बैठक स्थगन भएको छ।

राष्ट्रियभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७८ माथि सैद्धान्तिक छलफल सकिएर कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले जवाफ दिएपछि विचार गरियोस् भन्ने प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्न लाग्दा गणपूरकको प्रश्न उठाइएको थियो। 

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसद् झपटबहादुर रावलले बैठकमा गणपूरक सङ्ख्या नपुगेको बताउनुभएको थियो। 

सभामुख सापकोटाले तीन मिटेनको घन्टी बजाएर सङ्ख्या यकिन गराउन लगाउँदा विधेयक स्वीकृत गर्न ७९ सांसद उपस्थिति हुनुपर्नेमा ६३ मात्रै उपस्थित भएको पाइएपछि बैठक स्थगित भएको हो।