• १२ असार २०८१, बुधबार

राष्ट्रियसभा बैठक (प्रत्यक्ष प्रसारण )

blog

काठमाडौं, असार १० गते । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा राष्ट्रियसभा बैठक सुरु भएको छ ।

शुक्रबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा राष्ट्रिसभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयकहरु टेबुल गर्नुहुने कार्यसूची छ ।

सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार राष्ट्रियसभाका सचिव फुयालले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९ टेबुल गर्नुहुनेछ ।

यसैगरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले कोभिड–१९ सङ्कट व्यवस्थापन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।