• १२ असार २०८१, बुधबार

समयमै बैठकमा उपस्थित हुन मन्त्रीहरुलाई राष्ट्रियसभाका अध्यक्षको रुलिङ

blog

काठमाडौं, असार १० गते । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बैठकमा समयमै उपस्थित हुन मन्त्रीहरुलाई रुलिङ गर्नुभएको छ ।

शुक्रबार राष्ट्रियसभा बैठकको सुरुवातमै अध्यक्ष तिमल्सिनाले मन्त्रीहरू सङ्घीय सदस्यप्रति उत्तरदायी हुने व्यवस्था गरेको र सदनमा उपस्थित भई आफ्नो कार्यसूची अघि बढाउन रुलिङ गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘‘संविधानले सरकारका मन्त्रीहरुलाई सामूहिक र व्यक्तिगत रुपमा सङ्घीय संसद्प्रति उत्तरदायी हुने व्यवस्था गरेको छ । सदनमा उपस्थित भई आफ्नो मन्त्रालयसँग सम्बन्धसत कार्यसूची अघि बढाउन मद्दत गर्नु र उठेका प्रश्नको जवाफ दिनु सम्बन्धित मन्त्रीहरुको जिम्मेवारी हो ।’’

उहाँले थप्दै भन्नुभयो, ‘‘लोकतान्त्रिक व्यवस्थामा सार्वजनिक जवाफदेहिताको विशेष महत्व हुन्छ । तसर्थ नेपाल सरकारका मन्त्रीहरुलाई तोकिएको ठिक समयमा उपस्थित भई जनताप्रति जवाफदेही बन्न रुलिङ गर्दछु ।’’