सांसदहरुलाई दुई दिने अभिमुखीकरण दिइँदै
प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना हुँदैछ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आज र भोलि शुक्रवार ४ बजेसम्म अभिमुखीकरण कार्यक्रम तय गरिएको हो ।
सांसदको जुहारी, सभामुख मौन
मन्त्रीहरूले सार्वजनिक कार्यक्रम र सञ्चारमाध्यममा व्यक्त गरेका विषयलाई लिएर प्रतिनिधि सभामा सांसदहरूबीच जुहारी चलेको छ। संवैधानिक मूल्य–मान्यताप्रति मन्त्रीहरू जवाफदेही नभएको भन्दै सत्तापक्षकै सांसदले दोहोरी खेल्दा सभामुख देवराज घिमिरे भने मौन बस्नुभएको छ।
बागमती प्रदेशसभाको बैठक माघ २२ गते अपराह्न बस्ने
बागमती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक यही माघ २२ गते अपराह्न २ बजेका लागि आह्वान गरिएको छ । प्रदेशसभाको बैठक गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गर्नुभएपछि स्थगित भएको थियो ।
रवि लामिछानेको सांसद पद खारेज भएको जानकारी संसदलाई
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले रवि लामिछानेको सांसद पद खारेज भएको सूचना जानकारी गराउनुभएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले सर्वोच्च अदालतबाट प्राप्त पत्रबारे सदनलाई जानकारी गराउनुभएको हो ।
बैंकको ऋणमा थिचिएका किसानलाई जोगाउन महामन्त्री थापाको माग
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बैंकको ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग माग गर्नुभएको छ ।
संविधानको मूल्यभन्दा बाहिर गएर अभिव्यक्ति दिने काम नहोस् : सांसद बस्ने
सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले मन्त्रीहरुले संविधानको मूल्य र मान्यता विपरित फेरि टिप्पणी गरे स्वीकार्य नहुने चेतावनी दिनु भएको छ ।
संसदमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउनै पर्ने कानुनी व्यवस्था गर्छौं : प्रमुख निर्वाचन आयुक्त
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्येक राजनीतिक दलले प्रत्यक्षतर्फ अनिवार्य ३३ प्रतिशत महिला उम्मेदवार बनाउनै पर्ने बाध्यकारी कानुनी व्यवस्था गर्न लागिएको बताउनुभएको छ ।
विदेशमा रहेका नागरिकलाई भोट हाल्न दिने सुविधा लागू हुन सकेन : महान्यायाधिवक्ता
महान्यायाधिवक्ता दिनमणि पोखरेलले गत निर्वाचनमा नामावली समावेश गर्ने प्रक्रियामा समस्या आउँदा कतिपय नागरिकले भोट हाल्न नपाएको बताउनुभएको छ ।
सांसदले उठाए सडक स्तरोन्नतिको विषय
प्रतिनिधिसभा बैठकमा सांसदहरुले देशभरका विभिन्न क्षेत्रका सडक जीर्ण रहेको उल्लेख गर्दै स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
महिला सहभागितामा राजनीतिक दलको बेवास्ता : पूर्वअध्यक्ष शाक्य
नेपाल कानुन समाजका पूर्व अध्यक्ष तीर्थमान शाक्यले राजनीतिक दलले महिलाको सहभागिता पुरुषसरह नै बनाउने कुरालाई बेवास्ता गरेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधि सभाको शून्य समय : आत्मदाहको घटनाबारे सरकारको ध्यानाकर्षण
प्रतिनिधि सभाको शून्य समयमा सांसदहरुले इलामका प्रेमप्रसाद आचार्यलगायत देशका अन्य स्थानमा भइरहेको आत्मदाहको घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
उम्मेदवार बन्न पाउने उमेरलाई १८ वर्षमा झार्नुपर्छ : पूर्व कानुनमन्त्री पौडेल
पूर्व कानुनमन्त्री माधव पौडेलले प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्न योग्य उमेरलाई घटाएर १८ वा २० वर्षमा झार्नुपर्ने प्रस्ताव राख्नुभएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ ।
प्रतिनिधि सभा बैठक बस्दै
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहाेरा पढेर सुनाउने हुने सम्भावित कार्यसूची छ ।
विश्वविद्यालय दलीयकरणको मारमा परे : सांसद देव
नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले नेपालका विश्वविद्यालय दलीयकरणको मारमा परेको बताउनुभएको छ।
संसद् भवनमा पत्रकारलाई रोक्नुपर्ने कुनै कारण छैन : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले संसदमा पत्रकारहरूलाई सहज रूपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने बताउनुभएको छ ।
समृद्ध नेपालको आकाङ्क्षा पूरा गर्नु नै शहीदप्रति सच्चा श्रद्धाञ्जलि : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले नेपाली जनताका अधिकारलाई कुण्ठित गर्न खोज्ने अनेक खाले प्रयासलाई जनताले नै सफल हुन नदिएको बताउनुभएको छ ।
टुङ्गो लागेन सभामुखको सरकारी निवास
सङ्घीय संसद्का नयाँ पदाधिकारीलाई सरकारी निवास व्यवस्थापन गर्न सचिवालयलाई सकस परेको छ। भइरहेका कतिपयमा पदाधिकारीको अनिच्छा र केही स्थान दिन सरकारले आनाकानी गरेपछि निवास व्यवस्थापन हुन नसकेको हो। माघ ५ गतै नै निर्वाचित भए पनि सभामुख देवराज घिमिरे सरकारी निवासमा सर्नुभएको छैन। सचिवालयले सभामुख, उपसभामुखको निवास व्यवस्थापनका लागि सहरी विकास मन्त्रालयलाई भने ताकेता गरिरहेको छ। संसद् सचिवालयले पदाधिकारी निर्वाचनअगावै निवास व्यवस्थापनका लागि आग्रह गरिसकेको हो। त्यसका लागि पुनः ताकेता गरेको छ तर मन्त्रालयले व्यवस्थापन गरिसकेको छैन। “हामीले सहरी विकासलाई आग्रह गरिसकेका छौँ तर व्यवस्थापन भएको छैन। सभामुख पनि गृह जिल्ला जानुभएकाले पुरानैमा व्यवस्थापन गर्नेबारे पनि थप कुरा भइसकेको छैन,” संसद् सचिवालय स्रोतले भन्यो।
आईकाओको मापदण्ड पूर्ण पालना नहुँदा हवाई दुर्घटना बढ्यो
विज्ञले अन्तर्राष्ट्रिय नागरिक उडड्यन सङ्गठन (आईकाओ)को मादपण्डको पूर्ण पालना हुन नसक्दा नेपालमा हवाई दुर्घटनामा वृद्धि हुन गएको औंल्याएका छन्।
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने : कार्यतालिका सार्वजनिक
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ। शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै सो जानकारी दिएको हो।
राष्ट्रिय सभा बैठक आज बस्दै
सङ्घीय संसद्अन्तर्गत आज (शुक्रबार) राष्ट्रिय सभा बैठक बस्दैछ । बैठक अपराह्न ३ बजेर ५९ मिनेटमा बस्नेछ ।
सभामुखसँग भारतीय राजदूतको भेट
सभामुख देवराज घिमिरेसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ।
आवश्यक कानुन निर्माण गर्न संसद् तयार
सभामुख देवराज घिमिरेले जिल्ला समन्वय समितिलाई आवश्यक कानुन निर्माण गर्न सङ्घीय संसद् तयार रहेको बताउनुभएको छ । जिल्लाभित्र भएका स्थानीय तह र अन्य कार्यालयसँग आवश्यक समन्वय र सहकार्य गर्ने महत्त्वपूर्ण भूमिका भएको जिससलाई कानुन निर्माण गरेर सहयोग गर्न संसद् तयार रहेको स्पष्ट पार्नुभयो ।
राष्ट्रपति निर्वाचन समयमै गर्न सांसदको जोड
राष्ट्रपति निर्वाचन समयमै गर्नुपर्नेमा विभिन्न दलका सांसदले जोड दिनुभएको छ। मंगलबार संसद बैठकपछि सञ्चारकर्मीसँगको जिज्ञासामा सांसदले यस्तो प्रतिक्रिया दिएका हुन्।