• १३ साउन २०८१, आइतबार

प्रतिनिधि सभा बैठक बस्दै

blog

काठमाडौं, माघ १८ गते । सङ्घीय संसद्अन्तर्गत आज (बुधबार) प्रतिनिधि सभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्दैछ ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने हुने सम्भावित कार्यसूची रछ ।

सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ वार्षिक प्रतिवेदन पेश गर्नुहुने जानकारी दिनुभयो ।

त्यसैगरी, सभामुख घिमिरेले नेपालको संविधानको धारा ८९ को खण्ड (ख) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त रहेको जानकारी प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम गराउने कार्यसूची छ ।