• १२ वैशाख २०८१, बुधबार

बैंकको ऋणमा थिचिएका किसानलाई जोगाउन महामन्त्री थापाको माग

blog

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा

काठमाडौं, माघ १८ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बैंकको ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग माग गर्नुभएको छ । बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्नुहुँदै महामन्त्री थापाले बैंकहरुले किसानलाई बैंकले मर्कामा परेको भन्दै कको ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग माग गर्नुभएको हो ।

उहाँले पछिल्लो समय सयौंको सङ्ख्यामा साना किसानहरु कृषि मन्त्रालयमा पुगेर रोइरहेको बताउनुभयो । महामन्त्री थापाले बैंकहरुबाट ऋण लिएर कुखुरा फार्म चलाएका किसानको बर्डफ्लु न्यूनिकरण गर्ने नाममा सरकारले कुखुरा फार्म नष्ट गरे बापत पाउने ५८ करोड क्षतिपूर्ति तत्काल किसानलाई दिन पनि माग गर्नुभयो । उहाँले किसानहरुले बैंकको ऋणको दबाबमा अप्रिय निर्णय लिए सरकार जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सयौंको सङ्ख्यामा साना किसानहरु कृषि मन्त्रालय धाइरहेका छन् । किसानहरु कृषि मन्त्रालय पुग्छन् रुन्छन् कराउँछन् । यी नै किसानहरु जसले बैंकहरुबाट ऋण लिएर साना कुखुरा फार्म चलाएका थिए । बर्डफ्लु न्यूनिकरण गर्ने नाममा सरकारले किसानको कुखुरा फार्म नष्ट गरियो । नियम अनुसार यी किसानले पाउने क्षतिपूर्ति ५८ करोड छ । सरकार दिन्न भन्दैन । दिन्छु भन्छ तर दिँदैन ।,’’ सांसद थापाले भन्नुभयो, ‘‘सरकारले कृषकलाई झुलाउँछ । सरकारलाई भ्याइनभ्याई छ । तर, बैंकले कृषकलाई समाउँछ । मेरो सरकारलाई प्रश्न छ । बैंकको ऋणले थिचिएका किसानहरुले कुनै अप्रिय निर्णय नलिएसम्म कुर्ने हो ? अप्रिय निर्णय गरेपछि आशु झार्दै छानबिन गर्न समिति बनाउने हो की ? ऋणले थिचिएका किसानहरुलाई जोगाउनका लागि दिने भनेर निर्णय गरेको पैसा दिने हो ?’’