• १६ भदौ २०८१, आइतबार

प्रतिनिधि सभाको शून्य समय : आत्मदाहको घटनाबारे सरकारको ध्यानाकर्षण

blog

प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्नुहुँदै सांसद अमरेशकुमार सिंह । तस्बिर : केशब गुरुङ

काठमाडौं, माघ १८ गते । प्रतिनिधि सभाको शून्य समयमा सांसदहरुले इलामका प्रेमप्रसाद आचार्यलगायत देशका अन्य स्थानमा भइरहेको आत्मदाहको घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा सांसद् अमरेशकुमार सिंहले देशका विभिन्न ठाउँमा भइरहेका आत्मदाहका घटनाहरुका कारण पत्ता लगाइ त्यस्ता घटनाको निरुपणका लागि न्यायिक छानबिन समिति बनाउन माग गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘‘देशका विभिन्न ठाउँमा आत्मदाहका घटनाहरू भइरहेका छन् । के कारणले एउटा नागरिक आत्मदाहका लागि प्रेरित भइरहेको छ ? यसको छानबिन हुनुपर्छ । त्यसका लागि सरकारले एउटा न्यायिक छानबिन समिति गठन गरोस् र समितिमार्फत छानबिन होस् जसबाट आउँदा दिनमा फेरि यस्ता घटनाहरू नहोऊन् ।’’

यसैगरी, अर्का सांसद अम्बिका बस्नेतले आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको जस्तो कुनै नेपालीको नियति नहोस् भन्दै कामना गर्नुभएको छ ।