• ४ वैशाख २०८१, मङ्गलबार

सांसदहरुलाई दुई दिने अभिमुखीकरण दिइँदै

blog

काठमाडौँ, माघ १९ गते । प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना हुँदैछ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आज र भोलि शुक्रवार ४ बजेसम्म अभिमुखीकरण कार्यक्रम तय गरिएको हो ।

अभिमुखीकरण कार्यक्रममा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ र संविधानविद् तथा पूर्व सांसद राधेश्याम अधिकारीले प्रशिक्षण दिनुहुने कार्यक्रम रहेको प्रवक्ता गिरीले बताउनुभयो । कार्यक्रम बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म तय गरिएको उहाँको भनाइ छ ।

संसद् भवन नयाँ बानेश्वरमा हुने अभिमुखीकरण कार्यक्रमले प्रतिनिधिसभामा आउनुभएका नयाँ सदस्यहरूका लागि उपलब्धिपूर्ण हुने विश्वास सचिवालयले गरेको छ । प्रवक्ता गिरीका अनुसार नयाँ सांसदहरूलाई संसदीय मूल्य, मान्यता र गतिविधिबारे जानकारी गराउन र संसदीय अनुशासनको परिपालनाका लागि अभिमुखीकरण कार्यक्रम तय गरिएको हो ।