• ७ जेठ २०८१, सोमबार

राष्ट्रिय सभाको अर्को बैठक सोमबार बस्ने

blog

युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज राष्ट्रियसभाको आइतबारको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयसम्बन्धी सदस्यले उठाएका प्रश्नहरुको जवाफ दिनुहुँदै । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौं, असार १२ गते। राष्ट्रिय सभाको अर्को बैठक सोमबार बस्ने भएको छ। सोमबार बिहान ११ बजे बस्ने बैठकमा विभिन्न मन्त्रालयको शीर्षकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको मन्त्रीले जवाफ दिनुहुनेछ। 

विनियोजन विधेयक अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमा छलफलका क्रममा उठेका विषयको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यसूची छ।