• ५ जेठ २०८१, शनिबार

''आमाको नाममा नागरिकता दिन कन्जुस्याइँ गर्नुहुँदैन''

blog

काठमाडौं, असार १० गते । नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले आमाको नाममा नागरिकता दिन कन्जुस्याइँ गर्न नहुने बताउनुभएको छ ।

शुक्रबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद मगरले कुनै पनि नागरिकलाई राज्यविहीन र नागरिकताविहीन बनाउन नमिल्ने भन्दै आमाको नाममा नागरिकता दिन कन्जुस्याइँ गर्न नहुने बताउनुभएको हो ।

उहाँले पुरुषवादी र पितृसत्तावादी समाज रहेको उल्लेख गर्दै पुरुषवादी चिन्तनका विरुद्ध लड्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले चालु संसद् अधिवेशनमा नै नागरिकता विधेयक ल्याएर नागरिकताको समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी, उहाँले महँगीले जनताको ढाड सेकेको भन्दै जनताले कुनै राहत नपाएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद मगरले मनाङ जिल्लालाई गतवर्षको बाढीले तहसनहस बनाएकोमा हालसम्म पनि त्यहाँको स्थिति भयावह रहेकाले आवागमन सहज बनाउन सरकारसँग माग गर्नुभयो ।

त्यस्तै, तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ र वडा नम्बर ४ मा बाढीपहिरोले क्षति पु¥याएको र जनजीवन प्रभावित भएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो

उहाँले तनहुँको भानु नगरपालिका वडा नं. ६ स्थित चुँदिबरा कुलोको बाँध, कुलो र खेतसहित बगाएकोले सरकारलाई आवश्यक कदम चाल्न आग्रह पनि गर्नुभयो ।