• १२ साउन २०८१, शनिबार

नेपालको संविधान सङ्कटमा छ : सांसद चौधरी

blog

शनिबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरी ।

काठमाडौं, माघ ७ गते । नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले नेपालको संविधान सङ्कटमा रहेको बताउनुभएको छ ।

शनिबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद चौधरीले अहिलेका गतिविधिहरूलाई सच्याउन नसके प्रतिनिधि सभा लोकतान्त्रिक गणतन्त्रउन्मुख शासन व्यवस्थाका लागि निर्माण भएको संविधान अन्तिम हुने बताउनुभयो । साथै उहाँले नेपालको संविधान च्यात्न पूर्वप्रधानमन्त्रीहरु नै मौका ढुकेर बसेको आरोप समेत लगाउनुभयो ।

‘‘आज पनि नेपालको संविधान बडो सङ्कटमा छ । यदि हामीले यसलाई सच्याउन सकेनौँ भने सम्भवतः प्रतिनिधि सभा लोकतान्त्रिक गणतन्त्रउन्मुख शासन व्यवस्थाका लागि निर्माण भएको संविधान अन्तिम हुनसक्छ ।,’’ सांसद चौधरीले भन्नुभयो, ‘‘आजपनि बाघले मान्छेको सिकार गर्न झम्टिएझैँ, बकुल्लाले माछा, बिरालोले दूध ढुकेझैँ अहिले पनि नेपालको संवैधानिक व्यवस्थामाथि च्यात्न, ध्वस्त गर्न नेपालका पूर्व प्रधानमन्त्री नाम सबैलाई थाहै छ, उहाँले ढुकेर बसिरहनुभएको छ, यस्ता व्यक्ति संसदमा जबरजस्ती भयो भने नेपालको संविधान च्यातिन सक्छ । कानुनी राज्य समाप्त हुनसक्छ ।’’

सांसद चौधरीले संसदमा संविधानको कुतर्क गर्ने व्यक्ति रहेसम्म संविधान च्यातिने सम्भावना कायम रहने बताउनुभयो ।