• ११ असोज २०८१, शुक्रबार

विगतमा कानुन पालना गराउनेलाई आदेश पालना गराइयो : गृहमन्त्री

blog

प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने । तस्बिर : केशब गुरुङ

काठमाडौं, माघ १० गते । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले राज्यका संयन्त्रलाई थिलोथिलो पारेर छाडिएका कारण अपेक्षित रूपमा काम गर्न नसकिएको बताउनुभएको छ ।

मङ्गलबारको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै गृहमन्त्री लामिछानेले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “कानुन पालना गराउनेलाई आदेश पालना गराउने बनाइएको रहेछ, राज्य संयन्त्रलाई थिलोथिलो बनाउने पक्षबाट नै धेरै प्रश्न आउन गरेका छन् ।”

नेपाली जनताले ठूलो आशा, भरोसा र अपेक्षा गरेर आफूहरूलाई निर्वाचित गरेर पठाएको स्मरण गर्दै उहाँले जनअपेक्षा पूरा गर्न प्रणाली सुधार आवश्यक रहेको बताउनुभयो ।

“राज्यका संयन्त्र गिजोलिएका छन् तीनलाई ट्र्याकबाहिर लगिएको छ”, गृहमन्त्री लामिछानेले भन्नुभयो, “छिट्टै परिणाम देखिनेछ ।” नेपाली जनताको हितको बहसमा केन्द्रित होस् भन्ने आफूले चाहेको उहाँको भनाइ छ । “संसद्को गरिमा कायम रहने गरी सबैले भूमिका खेल्नुपर्छ,” उहाँले भन्नुभयो ।