• १२ साउन २०८१, शनिबार

अख्तियारले भ्रष्टाचारका फाइल अनुसन्धान नगरेको भन्दै सांसद शाहीको आपत्ति

blog

काठमाडौं, माघ ७ गते। सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका फाइल अनुसन्धान नगरेको भन्दै आपत्ति जनाउनुभएको छ। 

शनिबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले भ्रष्टाचारको आवाज सदन, सडक, सामाजिक सञ्जाल सबैतिर सुनिए पनि कारबाही  नभएको भन्दै आपत्ति जनाउनुभएको हो। 

उहाँले भन्नुभयो, ‘‘आज भ्रष्टाचारको फाइल अख्तियारको दराजमा धुलो लागेर थन्किएका छन्। अख्तियारले भ्रष्टाचार नियन्त्रण गर्नुको सट्टा अनुसन्धानमै सीमित रह्यो। त्यसैले होला–ठूलाठूला भ्रष्टाचार काण्डका आवाज सडक तातिन्छ। सदनमा सुनिन्छ। तर भ्रष्टाचारीलाई कारबाही भएको देख्न, सुन्न पाइँदैन। हरेक दिन पत्रपत्रिका, सामाजिक सञ्जाल, अनलाइन मिडियामा भ्रष्टाचारका कुरा लेखिन्छन् र छापिन्छ। तर सम्बन्धित निकायले देखेर पनि नदेखेजस्तै कानमा तेल हालेर, आँखामा पट्टी बाँधेर बसेको छ। साना माछा मात्रै जालमा पर्ने, ठूल्ठूला माछा फुत्किने। यो कहिलेसम्म सभामुख महोदय ?’’ 

प्रमुख सचेतक शाहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारीलाई कारबाही गर्नुको साटो अनुसन्धान मात्रै गर्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो।