• १२ साउन २०८१, शनिबार

उपसभामुख पद प्रतिपक्षलाई दिनु उपयुक्त हुन्छ : सांसद पाण्डे

blog

नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डे ।

काठमाडौं, माघ ७ गते। नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले प्रतिनिधि सभाको उपसभामुख पद प्रतिपक्षी दललाई दिनु उपयुक्त हुने धारणा व्यक्त गर्नुभएको । 

नेपाली कांग्रेसले प्रतिपक्ष दलको तर्फबाट सांसद मुक्ताकुमारी यादवलाई उपसभामुखको उम्मेदवार बनाएको छ भने सत्ता गठबन्धनले राष्ट्रिय स्वतन्त्र पार्टीका इन्दिरा रानामगरलाई उम्मेदवार बनाएको छ। ‘‘प्रतिनिधि सभाको उपसभामुख पद प्रतिपक्षलाई दिन उपयुक्त हुन्छ’’, सांसद पाण्डेले भन्नुभयो। 

उहाँले संविधानमाथि धावा बोल्ने काम भएको भन्दै प्रतिनिधि सभाको विघटन गर्न सकिन्छ भनेर व्यवस्थापिका संसदमाथि प्रश्न उठाउने काम भएको भन्दै आपत्ति जनाउनुभएको हो। उहाँले न्यायपालिकाको नजिरलाई सबैले सम्मान गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले प्रतिनिधि सभाको विघटनको विषयले आफूहरूलाई चिन्ता लागेको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, ‘‘अदालतले भनेको विषयलाई पनि अन्तका नजिरहरू देखाएर, अन्तका दृष्टान्तहरू देखाएर हाम्रो संविधानमाथि जसरी धावा बोल्ने काम भयो। प्रतिनिधि सभा विघटन गर्न सकिन्छ भन्ने खालको धावा बोल्ने काम भयो। त्यसले व्यवस्थापिकामाथि पनि प्रश्न चिह्न उठाउने काम भयो। त्यतिमात्रै होइन न्यायपालिकाका नजिरलाई हामी सबैले सम्मान गर्नु पर्दछ। न्याय पालिकाको नजिरलाई कसैले पनि अपमान गर्न मिल्दैन। न्याय पालिकाका नजिरहरूलाई उलङ्घन गर्दै प्रतिनिधि सभा विघटनको जुन असंवैधानिक कुरा भयो। त्यसले गर्दा हामीलाई चिन्ता लागेको छ।’’