काठमाडौं, असार २४ गते । प्रतिनिधिसभा बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन र सुपरीवेक्षणलाई संशोधन गर्न बनेको विधेयकमाथि सम्बन्धित समितिबाट भएको छलफलसहितको प्रतिवेदन प्रस्तुत भएको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मुकुन्द न्यौपानेले सो प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।
समितिमा दफाबार छलफलबाट विधेयक सभासमक्ष प्रस्तुत भएको हो ।