• १३ असोज २०८१, आइतबार

प्रतिनिधिसभाको दोस्रो बैठकबाट दुई विधेयक स्वीकृत

blog

काठमाडौं, असार २२ गते । प्रतिनिधिसभाको बुधबारको दोस्रो बैठकले ‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९’ लाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।  

पहिलो बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले ‘औषधि (तेस्रो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

यस्तै बैठकले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ पनि सर्वसम्मतिले स्वीकृत गरेको छ ।

स्वास्थ्यमन्त्री खापुङले नै  ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । 

दुवै प्रस्तावमाथि बैठकमा सैद्धान्तिक छलफल भएर छलफलमा उठेका प्रश्नको स्वास्थ्यमन्त्री खापुङले जवाफसमेत दिनुभएको छ ।