• १३ असोज २०८१, आइतबार

सदनमा मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

blog

काठमाडौं, असार २३ गते । प्रतिनिधिसभा बैठकमा मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ ।

बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले ‘मुस्लिम आयोगको वार्षिक प्रतिवेदन (२०७७ साउन–२०७८ असार’ पेश गर्नुभएको हो ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो ।

पत्रमा अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएपछि अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवालाई तोकिएको व्यहोरा उल्लेख छ ।