• १३ असोज २०८१, आइतबार

राष्ट्रियसभामा दुई विधेयक पेश

blog

काठमाडौं, असार २३ गते । राष्ट्रियसभामा दुई विधेयक पेश गरिएको छ ।

बिहीबारको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट पारित भएका मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक–२०७६ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियम) विधेयक–२०७९ पेश गर्नुभएको हो ।

यस्तै, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो ।

यही असार २० गते प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् हेरफेर गर्नुभएको थियो । राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले मन्त्रिपरिषद् सदस्यको नाम पढेर सुनाउनुभएको थियो ।