• १५ असार २०८१, शनिबार

शुक्रबारकाे प्रतिनिधिसभा बैठक

blog

काठमाडौं, असार २४ गते । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा शुक्रबार दिउँसोबाट बैठक सुरु भएको हो ।

आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मुकुन्द न्यौपानेले ‘‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेश गर्नुहुनेछ ।

त्यस्तै, गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको जानकारी दिनुभयो ।