अनुदानबारे अर्थमन्त्रीलाई उद्योगीको ध्यानाकर्षण
सरकारले मूल्य अभिवृद्धि गर्ने निर्यातमूलक उद्योगका लागि अनुदानको घोषणा गरेको दुई वर्ष पूरा हुँदा पनि उद्योगीले त्यस्तो अनुदान पाउन सकेका छैनन् ।
बिरुवा उत्पादनका लागि स्रोत केन्द्र
सुन्तलाको गुणस्तरीय बिरुवा उत्पादनसँगै बिरुवामा गुल्मीलाई आत्मनिर्भर बनाउन विभिन्न स्थानमा स्रोत केन्द्र स्थापना गरिएको छ ।
दुध नलिने भएपछि डिडिसीमा तालाबन्दी
दुग्ध विकास संस्थान (डिडिसी) ले बिहीबारदेखि निजी संस्था/फार्म तथा निजी डेरीबाट सङ्कलन भएको दुध नलिने निर्णय गरेपछि काभ्रेपलाञ्चोक जिल्लामा रहेका निजी डेरी तथा फार्म सञ्चालकहरूले डिडिसी बनेपा सङ्कलन केन्द्रमा तालाबन्दी गरेका छन् ।
बुद्धमाई अस्पताललाई एक लाख जरिवाना
काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही गरेको भन्दै रु एक लाख जरिवाना गरेको छ ।
२०८१ साल कात्तिक महिनाको राशिफल
कार्यव्यस्तता बढेर जानाले शारीरिक ताप केही बढी नै पर्ने छ । भाग्यले साथ दिनाले आँटेका काममा सफलता मिल्ने छ । धार्मिक एवं सामाजिक काममा अभिरुचि बढ्ने छ । स्थान परिवर्तन एवं यात्राको योग छ ।
समस्याग्रस्त सहकारीको दायित्व भुक्तानी गर्न निर्देशन
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीलाई १५ दिनभित्र दायित्व भुक्तानी गर्न सार्वजनिक सूचनामार्फत आह्वान गरेको छ ।
देशभरको तापक्रम क्रमशः घट्दो
हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
चामल भारत फिर्ता
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गत खाद्य आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, नेपालगन्जले ८५ हजार केजी (८५० क्विन्टल) चामल भारत फिर्ता गरेको छ ।
मासुका लागि उपत्यकामा ४८ हजार पशु खपत
यस वर्षको दसैँमा काठमाडौँ उपत्यकामा ४८ हजारभन्दा बढी खसी, बोका, च्याङ्ग्रा, भेडा, बाख्री, राँगा बिक्री भएका छन् ।
बाढीका कारण धान उत्पादनमा कमी आउने आकलन
अविरल वर्षाका कारण आएको बाढीले कृषि क्षेत्रमा क्षति पुर्याउँदा उत्पादनमा कमी आउने आकलन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको छ ।
धर्मशाला खाली नगर्न निर्देशन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २१ वर्षदेखि मारवाडी सेवा समितिको कब्जामा रहेको पशुपति गौशाला धर्मशाला खाली गराउने कार्य तत्काल रोक्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको छ ।
खोप निःशुल्क उपलब्ध गराउन आग्रह
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले हेटौँडामा रहेको कीटजन्य रोग नियन्त्रण अनुसन्धान तथा तालिम केन्द्रलाई क्षेत्रीय अनुसन्धान केन्द्रका रूपमा विकास गर्न सघाउन विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) लाई आग्रह गर्नुभएको छ ।
बाढीपहिरोपीडितलाई राहत वितरण गर्ने निर्णय
सरकारले बाढीपहिरो र डुबान प्रभावितका लागि राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने सहमति
सत्ता साझेदार नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का शीर्ष नेताबिच शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने सहमति भएको छ ।
लगानीका नयाँ क्षेत्र खोज्ने अवसर
कोभिड महामारी र रुस–युक्रेन युद्धका कारण करिब दुई वर्षदेखि शिथिल बन्दै गएको भनिएको नेपालको अर्थतन्त्रमा पछिल्लो समय केही फरक सूचक देखिएका छन् ।
सूर्यविनायक–धुलिखेल सडक विस्तार : समयमै काम सकिने सम्भावना कम
नेपाल सरकारको आफ्नै लगानीमा निर्माण भइरहेको सूर्यविनायक–धुलिखेल सडकखण्डको काम समयमै सकिने सम्भावना कमजोर बन्दै गएको छ ।
दसैँको समयमा नाकाबाट ४५ को उद्धार
बाँकेको नेपालगन्जस्थित नेपाल र भारत सिमानाका जमुनाहबाट दसैँको समयमा जोखिमपूर्ण यात्रामा रहेका ४५ जना नेपाली नागरिकको उद्धार गरिएको छ ।
बधशाला विवाद समाधान गरि सञ्चालन गर्न माग
बुटवलमा निर्माण सम्पन्न भएपनि विवादका कारण सञ्चालनमा आउन नसकेको पशु बधशाला दिगोरुपमा सञ्चालन गर्न सरोकारवालाहरुले आग्रह गरेका छन् ।
विदेशी वाउन्सरको जागिर छाडेर कागतीतर्फ
नवलपुरको कावासोती नगरपालिका –१७ गोछडाटारका सागर लाम्सालले पाँच वर्षसम्म नेपाली सेनामा जागिर खानुभयो । जागिरबाट सन्तुष्टि नमिलेपछि उहाँ राजीनामा दिएर वैदेशिक रोजगारीका लागि दुबई जानुभयो ।
३२ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
मकवानपुरमा कात्तिक २ र ३ गते भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने भएको छ ।
गह्रौंसुरमा सुविधासम्पन्न आवास गृह
स्याङ्जाको प्रसिद्ध धार्मिकस्थलका रुपमा परिचित गह्रौँसुर धार्मिक पर्यटकीय क्षेत्र परिसरमा सुविधासम्पन्न आवास गृह निर्माण भएको छ ।
नेपाल वायुसेवा निगमद्वारा छ अर्ब ३२ करोड ऋण भुक्तानी
नेपाल वायुसेवा निगमले हालसम्म विमानको छ अर्ब ३२ करोड ८५ लाख ९७ हजार पाँच सय ३३ ऋण भुक्तानी गरेको जनाएको छ ।
सुनकोशी बेलिबिज्र निर्माण अन्तिम चरणमा
सुनकोशी नदीको बाढीले बगाएको सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका–६ सेलेघाट जोड्ने पुलमा बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
धान भित्र्याउन किसान व्यस्त
जिल्लाका किसानलाई अहिले धान भित्र्याउन भ्याइनभ्याई छ । जिल्लाकै सबैभन्दा ठुलो फाँट झिमरुक फाँटमा यतिवेला किसानहरु धान भित्र्याउने चटारोमा छन् ।