• १२ पुस २०८१, शुक्रबार

२०८१ साल कात्तिक महिनाको राशिफल

blog

मेष :

कार्यव्यस्तता बढेर जानाले शारीरिक ताप केही बढी नै पर्ने छ । भाग्यले साथ दिनाले आँटेका  काममा सफलता मिल्ने छ । धार्मिक एवं सामाजिक काममा अभिरुचि बढ्ने छ । स्थान परिवर्तन एवं यात्राको योग छ । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता बढेर जाला । आफन्त एवं इष्टमित्रको  सहयोग प्राप्त होला । घरायसी खर्चको मात्रा बढेर जाने छ । रमाइलो ठाउँको भ्रमणका साथै मनोरञ्जनका अवसर मिल्ने छन् । अध्ययन अध्यापनका साथै बौद्धिक क्रियाकलापमा  अभिरुचि लाग्ने छ ।

वृष :

 शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहला । पठनपाठनमा अनावश्यक बाधाअड्चन आइपर्ने छन् । सन्तान एवं परिवारको चिन्ताले केही सताउने छ । दम्पतीमा सामान्य कुरालाई  लिएर विवाद निस्कन सक्ने छ । महिनाको उत्तरार्धमा पारिवारिक भेटघाटका साथै मनोरञ्जनका अवसर मिल्ने छन् ।  रमाइलो ठाउँको भ्रमण एवं मनोरञ्जनका अवसर मिल्ने छन् ।  महिनाको उत्तरार्धमा धनागम एवं रमाइलो भेटघाटको अवसर मिल्ने छ ।

मिथुन :

 शारीरिक आरोग्यताका अनुकूल रहला । आर्थिक पक्षका काममा सफलता मिल्ने छ । इष्टमित्र एवं आफन्तजनसँगको भेटघाटले मन रमाउने छ । घरायसी एवं सन्तानको  चिन्ताले भने सताउने देखिन्छ ।  दाम्पत्य सम्बन्धमा सामान्य विषयलाई  लिएर असमझदारी आउन सक्ने सम्भावना छ । बौद्धिक क्रियाकलापका साथै पठनपाठनमा सामान्य बाधाअड्चन आइपर्ने छन् । महिनाको उत्तरार्धमा प्रियमिलनको अवसर मिल्नुका साथै वस्त्र एवं उपहार प्राप्त हुने छ ।

कर्कट :

 मानसिक अस्थिरता बढेर जाला । घरायसी झमेला एवं चिन्ता  थपिने छ  । सामान्य विवादको सम्भावना देखिएकाले बोलीमा विचार पु¥याउनु पर्ला । धार्मिक एवं सामाजिक क्षेत्रमा मन लाग्ने छ । आमदानीका नयाँ स्रोत फेला पर्नाले आर्थिक पक्ष बलियो भएर जाला । युवा वर्गका लागि मनोरञ्जनका अवसर प्राप्त हुने छन् ।  आफन्त एवं इष्टमित्रको सहयोगले महìवपूर्ण काममा सफलता मिल्ने छ । कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम भने केही ज्यादा नै पर्ने देखिन्छ ।

सिंह :

 उच्च मनोबलका साथ कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जाने छ । मनले सोचेका योजना क्रमशः बन्दै जाने छन् । स्वास्थ्यस्थिति अनुकूल रहने छ । आफन्त एवं इष्टमित्रसँगको भेटघाटले मन रमाउने छ । विवादमा विजयश्री प्राप्त होला । पठनपाठनमा आएको अभिरुचि  केही सुस्ताउने देखिन्छ । महिनाको पूर्वार्धमा आर्थिक पक्ष बलियो रहेपनि उत्तरार्धमा भने खर्चको मात्रा बढेर जाने देखिन्छ । पारिवारिक सुख सन्तोषजनक रहने छ । धनागम एवं मनोरञ्जनका अवसरसमेत मिल्ने छन् । 

कन्या :

लेनदेनसम्बन्धी कारोबारमा विचार पुर्‍याउनुपर्ने छ । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहने छ । आर्थिक पक्षका काममा सन्तोषजनक सफलता मिल्ने छ । पठनपाठनमा गहिरो अभिरुचि लाग्ला । धार्मिक एवं सामाजिक कार्यमा समेत मन जाने छ ।  महिनाको उत्तरार्धमा आकस्मिक यात्राको सम्भावना छ । सामान्य पेटसम्बन्धी अस्वस्थताको सम्भावना देखिएकाले खानपानमा विशेष विचार पुर्‍याउनुपर्ने छ । रमाइलो भेटघाटका साथै मनोरञ्जनका अवसरसमेत मिल्ने छन् ।

तुला: 

 मानसिक अस्थिरता एवं दुविधा केही बढेर जाने देखिन्छ  । मनले सोचेका योजनामा अनावश्यक बाधाअड्चन देखा पर्ने छन् । शारीरिक  आलस्यताका साथै सामान्य अस्वस्थता बढेर जाने देखिन्छ । पारिवारिक खर्चको मात्रा बढेर जानुका साथै सन्तानको चिन्ताले  पिरोल्ने देखिन्छ । महिनाको उत्तरार्धमा भने हर्ष आनन्द एवं मनोरञ्जनका अवसर मिल्ने छन्  । आफन्त एवं प्रियजनको भेटघाटले मन रमाउला । पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा केही बाधाअड्चन आइपर्ने देखिन्छ ।

वृश्चिक : 

कार्यव्यस्तता बढेर जानाले शारीरिक ताप केही बढेर जाने छ । आफन्त एवं इष्टमित्रसँगको भेटघाटले मन रमाउला । रमाइलो पारिवारिक भेटघाटको अवसर मिल्ने छ । पठनपाठनमा लागेको अभिरुचि यथावत् रहने छ । काममा आएका बाधाअड्चन क्रमशः हटेर जाने छन् । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहला । महिनाको प्रारम्भमा सामान्य आँखा एवं पेटसम्बन्धी समस्या देखा पर्ने छ  । उत्तरार्धमा धनागम, यात्रा एवं मनोरञ्जनका अवसर मिल्ने छन् ।

धनु :

 उच्च मनोबलका साथ कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जाने छ । काममा आइपरेका बाधाअड्चन क्रमशः हटेर जाने छन् । प्रतिस्पर्धामा सफलताको योग छ । सन्तान एवं परिवारको चिन्ताले भने छोड्ने देखिन्न । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहला । ठूला लगानी एवं लेनदेनसम्बन्धी कारोबार भने नगर्दा नै राम्रो हुने छ । धार्मिक एवं सामाजिक काममा अभिरुचि लाग्ने छ । महिनाको उत्तरार्धमा धनागम एवं मनोरञ्जनका अवसर मिल्ने छन्  ।

 मकर :

सफलताको महिना छ । प्रतिस्पर्धामा सफलता प्राप्त होला । मनोबल उच्च रहनाले कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जाने छ  । आर्थिक पक्षका कामबाट राम्रै लाभ हुने देखिन्छ । महिनाको प्रारम्भमा काममा सामान्य अवरोध देखा परे पनि उत्तरार्धमा क्रमशः हटेर जाने छन् । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहने छ । पठनपाठनमा समेत गहिरो अभिरुचि लाग्ने छ  ।

कुम्भ :

 यात्रा एवं स्थान परिवर्तनको सम्भावना छ । मानसिक अस्थिरता एवं दुबिधा बढेर जाने छन् । मनले सोचेका योजनामा अनावश्यक बाधाअड्चन एवं ढिलासुस्ती गराउने देखिन्छ । घरायसी झमेलाले सताउने छ । पठनपाठनमा अनावश्यक बाधाअड्चन देखा पर्ने छन् । नयाँ लगानी एवं लेनदेनसम्बन्धी कारोबारमा सावधानी अपनाउनुपर्ने छ । महिनाको प्रारम्भमा आइपरेका बाधाअड्चन उत्तरार्धमा क्रमशः हटेर जाने छन् ।

मीन :

 सामान्य अस्वस्थताको सम्भावना रहेकाले खानपानमा ख्याल पुर्‍याउनु पर्ला । कार्यव्यस्तता बढेर जानाले शारीरिक ताप केही बढी नै पर्ने देखिन्छ । घरायसी खर्चको मात्रा बढेर जानाले आर्थिक अभावको स्थिति देखा पर्ने छ । अनावश्यक विवादमा पार्न सक्ने देखिएकाले बोलीचालीमा विचार पुर्‍याउनु पर्ला । महिनाको उत्तरार्धमा आर्थिक लाभका साथै मनोञ्जनका अवसर मिल्ने छन् । पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा समेत अभिरुचि लाग्ने छ ।   


युवामञ्च 

Author

ज्यो. हरिप्रसाद पौडेल