म्याग्दीका छ वडामा एकैपटक स्वास्थ्यचौकी भवन निर्माण
पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका छवटा वडामा स्वास्थ्यचौकी भवन निर्माण भएका छन् । सात वडा रहेको गाउँपालिकाको वडा नं १ मा पर्ने निस्कोटबाहेक अरु सबै वडामा भवन निर्माण भएका हुन् ।
मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज
जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध गडीगाउँ पुग्दा जोकोहीको चित्त दुख्छ । यो गाउँमा पुराना बस्ती देखिए पनि मानिसको चहलपहल भने शून्यप्रायः छ । फाट्टफुट्ट भेटिने ज्येष्ठ नागरिक पनि भारी मनले भन्नुहुन्छ– “बस्ती सबै रित्तो भो, जताततै वनमाराले राज गरेको छ ।”
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
काठमाडौँ फर्कने यात्रुको चाप अधिक
सर्लाहीमा दसैँ मनाएर सङ्घीय राजधानी काठमाडौँ फर्कनेको चाप बढेको छ । यहाँबाट काठमाडौँ जाने रात्रिबस तथा दिउँसो चल्ने अन्य साना सवारीमा यात्रुको अत्यधिक चाप छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले टीकाको भोलिपल्टदेखि काठमाडौँ फर्कने सवारीमा यात्रुको चाप बढेको जनाएको छ ।
भान्साको सकस कायमै
चाडपर्वको समयमा दैनिक उपभोग्य सामग्रीमा अत्यधिक मूल्यवृद्धि हुने परम्परा जस्तै भइसकेको छ ।
जनविश्वास बढाउने आधार
कुनै पनि देशका लागि सरकार भनेको प्रमुख अभिभावक हो । चाहे देश सानो होस् या ठुलो, जनताले हरेक अर्थमा सरकारबाट संरक्षणको अपेक्षा गरेका हुन्छन् । आफ्ना आवश्यकता परिपूर्ति गर्ने सन्दर्भमा सरकारको भूमिका चाहेका हुन्छन् ।
अकबरेबाट लोभलाग्दो आम्दानी
घर वरिपरि लटरम्म फलेको अकबरे खुर्सानी । देख्नेलाई टपक्क टिपौँ र खाउँ जस्तो लाग्छ तर अकबरेको पिरो सहन जोकोहीलाई त्यति सहज हुँदैन । हदैसम्मको पिरो हुने अकबरेको गुन भने यो चाख्नेले नै अनुभव गरिरहेका हुन्छन् । त्यसैले यसको बिउको माग अधिक बढेको छ ।
नेपालको कृषि क्षेत्रमा लगानी गर्न मन्त्री अधिकारीकाे आग्रह
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी इटालीको राजधानी रोममा आयोजना भएको विश्व खाद्य मञ्च —२०२४को उच्चस्तरीय उद्घाटन सत्र सहित विभिन्न बहुपक्षीय बैठकमा सहभागी हुनुभएको छ ।
पर्यटन प्रवर्धनमा हवाई सेवा
हिमाली देशका रूपमा परिचित नेपाल संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुकमध्ये एक हो ।
मकवानपुरको न्हुलगाउँ
मकवानपुर जिल्लाको थाहा नगरपालिका १० स्थित न्हुलगाउँका घर ।
अर्थतन्त्र विकासको मार्ग
वित्तीय क्षेत्रको औपचारिक सुरुवात भएको करिब नौ दशक भएको छ ।
दुर्घटनामा भारतीय नागरिकको मृत्यु
झापाको बिर्तामोडमा सवारी दुर्घटनामा परेर एक भारतीय नागरिकको ज्यान गएको छ ।
सूचना प्रविधिमा प्राविधिक अभाव
आधुनिक जीवनशैलीको महत्वपूर्ण आवश्यकता बनिसकेको छ दूरसञ्चार, सूचना प्रविधि । विकासको गति बढाउन र जीवनशैलीमा अपेक्षाकृत सुधार ल्याउन हामीले सूचना प्रविधिलाई अपनाउन अपरिहार्य भइसकेको छ ।
सुनकोशीमा बेलिब्रिज निर्माण अन्तिम चरणमा
सुनकोशी नदीको बाढीले बगाएको सिन्धुलीको गोलन्जोर गाउँपालिका–७, खुर्कोट र रामेछापको मन्थली नगरपालिका–६ सेलेघाट जोड्ने गरी बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
कहीँ नभएको जात्रा हाँडीगाउँमा
ब्रह्मा, विष्णु र महेश्वर भगवान्को पूजाआराधना गरी टोल टोलमा रथ (खट) घुमाइने हाँडीगाउँको जात्रा सुरु भएको छ ।
अनुदानबारे अर्थमन्त्रीलाई उद्योगीको ध्यानाकर्षण
सरकारले मूल्य अभिवृद्धि गर्ने निर्यातमूलक उद्योगका लागि अनुदानको घोषणा गरेको दुई वर्ष पूरा हुँदा पनि उद्योगीले त्यस्तो अनुदान पाउन सकेका छैनन् ।
बिरुवा उत्पादनका लागि स्रोत केन्द्र
सुन्तलाको गुणस्तरीय बिरुवा उत्पादनसँगै बिरुवामा गुल्मीलाई आत्मनिर्भर बनाउन विभिन्न स्थानमा स्रोत केन्द्र स्थापना गरिएको छ ।
दुध नलिने भएपछि डिडिसीमा तालाबन्दी
दुग्ध विकास संस्थान (डिडिसी) ले बिहीबारदेखि निजी संस्था/फार्म तथा निजी डेरीबाट सङ्कलन भएको दुध नलिने निर्णय गरेपछि काभ्रेपलाञ्चोक जिल्लामा रहेका निजी डेरी तथा फार्म सञ्चालकहरूले डिडिसी बनेपा सङ्कलन केन्द्रमा तालाबन्दी गरेका छन् ।
बुद्धमाई अस्पताललाई एक लाख जरिवाना
काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही गरेको भन्दै रु एक लाख जरिवाना गरेको छ ।
२०८१ साल कात्तिक महिनाको राशिफल
कार्यव्यस्तता बढेर जानाले शारीरिक ताप केही बढी नै पर्ने छ । भाग्यले साथ दिनाले आँटेका काममा सफलता मिल्ने छ । धार्मिक एवं सामाजिक काममा अभिरुचि बढ्ने छ । स्थान परिवर्तन एवं यात्राको योग छ ।
समस्याग्रस्त सहकारीको दायित्व भुक्तानी गर्न निर्देशन
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीलाई १५ दिनभित्र दायित्व भुक्तानी गर्न सार्वजनिक सूचनामार्फत आह्वान गरेको छ ।
देशभरको तापक्रम क्रमशः घट्दो
हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
चामल भारत फिर्ता
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गत खाद्य आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, नेपालगन्जले ८५ हजार केजी (८५० क्विन्टल) चामल भारत फिर्ता गरेको छ ।