• २ कात्तिक २०८१, शुक्रबार

नेपालको कृषि क्षेत्रमा लगानी गर्न मन्त्री अधिकारीकाे आग्रह

blog

काठमाडौँ, कात्तिक २ गते । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी इटालीको राजधानी रोममा आयोजना भएको विश्व खाद्य मञ्च —२०२४को उच्चस्तरीय उद्घाटन सत्र सहित विभिन्न बहुपक्षीय बैठकमा सहभागी हुनुभएको छ  ।

 संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको आयोजनामा सङ्गठनको मुख्यालयमा भएको  उद्घाटन सत्रमा मन्त्री अधिकारीको नेतृत्वमा मन्त्रालयका अधिकारी सहितको टोली सहभागी भएको  हो । मञ्चको लगानी सम्बन्धी सत्रलाई सम्बोधन गर्दे मन्त्री अधिकारीले लगानीकर्ताहरूलाई नेपालको कृषि क्षेत्रमा लगानीका लागि आग्रह गर्नुभयो । नेपाल सरकारले यसै वर्ष देखि कृषिमा लगानी दशक घोषणा गरी यस क्षेत्रमा बडी भन्दा बडी लगानी भित्राउने लक्ष्य लिएको भन्दै मन्त्री अधिकारीले दिगो कृषि , खाद्य सुरक्षा,हरित उत्पादन र रूपान्तरित कृषि तथा खाद्य प्रणालीलाई सरकारले प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।

नेपाल जैविक विविधताले भरिपूर्ण रहेको र यसले समग्र कृषि क्षेत्रको दिगोपनामा महत्त्वपूर्ण योगदान दिएको भन्दै मन्त्री अधिकारीले नेपालको खाद्य प्रणाली विश्वकै लागि प्रेरक हुनसक्छ ,भन्नुभयो ।

बैठकमा संसद्को  कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुम थापा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शिव अधिकारी , प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव राजकुमार  श्रेष्ठ पनि सहभागी हुनुभएको  छ  ।