नेतृत्वदायी सेवा प्रवाह गर्न सुझाव
नेपाल पुनर्बिमा कम्पनी लिमिटेड स्थापनाको दसौँ वर्ष पूरा गरी एघारौँ वर्षमा प्रवेश गरेको छ । सरकारी स्वामित्वको नेपालको पहिलो पुनर्बिमा कम्पनी हो ।
छठ पर्वले मधेसी समुदायको सांस्कृतिक पहिचानलाई प्रतिबिम्बित गर्दछ: उपराष्ट्रपति यादव
छठ पर्वले मधेसी समुदायको सांस्कृतिक पहिचानलाई प्रतिबिम्बित गर्ने बताउनु भएको छ । छठ पर्वको अवसरमा शुभकामना सन्देश दिनुहुँदै उपराष्ट्रपति रामसहाय प्रसाद यादवले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई ज्ञापन गर्नुभएको छ ।
छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न र आससी सद्भावलाई थप सुदृढ पार्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय एकता मजबुत बनाउन छठ पर्वको विशिष्ट भूमिका छ: सभाध्यक्ष दाहाल
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
उपसभामुख रानाद्वारा छठ पर्वको शुभकामना
उपसभामुख इन्दिरा रानाले उदाउँदो सूर्यको आराधना गर्दै उल्लासपूर्वक मनाइने छठ पर्व–२०८१ को आमनेपालीलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
छठ व्रत र सझियाघाट आज
महोत्तरीसहितका मिथिला क्षेत्रमा आज छठ पर्वको रौनक छ । आज छठको तेस्रो अर्थात् मुख्य दिन बर्तालु निराहर रहन्छन् ।
छठ पर्व सांस्कृतिक सौहार्दताका धरोहर हुन् : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा सबै चाडपर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर भएको उल्लेख गर्नुभएको छ ।
छठ पर्वले सुसंस्कृत समाज निर्माणमा प्रेरणा प्रदान गरोस्: उपाध्यक्ष घिमिरे
राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले छठ पर्व, २०८१ को पावन अवसरमा न्यायपूर्ण, समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।
आज देशभरको मौसम सफा रहने
हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ ।
अलैँची मनको नब्बे हजार, लाख नाघ्ने अनुमान
ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ९० हजार रुपियाँ पुगेको छ ।
नेपाल एयरलाइन्सको भैरहवा–दुबई उडान भोलिदेखि
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सले कात्तिक २३ गते शुक्रबारदेखि भैरहवा–दुबई उडान गर्ने भएको छ ।
विद्यार्थी रोक्न सिपमूलक शिक्षा
अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई रोक्न सिपमूलक तथा रोजगारमूलक शिक्षामा जोड दिइएको छ ।
अदालतको आदेशले गर्ने छ पदको निर्क्योल
सर्वोच्च अदालतले ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर गरेसँगै गण्डकी प्रदेश सभा सदस्य ‘दीपक मनाङे’ भनिने राजीव गुरुङको पदीय हैसियतबारे बहस सुरु भएको छ ।
मानव तस्करीको आरोप
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीको हैसियतमा जापान जानुभएका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री तथा प्रदेश सभासद् लीलाबल्लभ अधिकारीमाथि लागेको मानव तस्करीबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
योजना अलपत्र पारेर बिदेसिँदै जनप्रतिनिधि
जनतालाई अनेक सपना देखाएर पाँच वर्षको कार्य प्रतिबद्धतासहित निर्वाचित स्थानीय तहका जनप्रतिनिधि विदेश पलायन हुन थालेका छन् ।
राष्ट्रपतिमा ट्रम्प : विश्व सम्बन्धमा नयाँपन आउन सक्छ
अमेरिकाको नयाँ राष्ट्रपतिमा डोनाल्ड जे ट्रम्पको पुनरागमनले विश्व शक्तिहरूको सम्बन्धमा परिवर्तन ल्याउने सम्भावना बढेको छ ।
टिकटक सूचीकृत
सामाजिक सञ्जाल एवं भिडियो प्लेटफर्म टिकटक औपचारिक रूपमै नेपालमा सूचीकृत भएको छ ।
छयसट्ठी वर्षअघि नेपालमा चल्थ्यो ढुङ्गेरेल
यातायात क्षेत्रलाई नवीनतम युगतर्फ लैजाने सम्भाव्यता भएको रेल साढे छ दशकअघि नै नेपालमा चलेको थियो ।
संरक्षणको पखाईमा राजा ताल
चौबिसे गाउँपालिका धनकुटाको राजारानीमा रहेको रानी ताल यस क्षेत्रको प्रमुख गन्तब्य हो । गाउँपालिकाको वडा ६ स्थित राजारानी बजारको पूर्वमा निजी स्वामित्वमा रहेको करिव एकसय ५० रोपनी क्षेत्रफलको यो ताल पर्यटकको गन्तव्य बनेको छ ।
वैकुण्ठधाम आध्यात्मिक महोत्सवको तयारी पूरा
वैकुण्ठधाम सिधनियाघाट निर्माण सहयोगार्थ नेपालगन्जमा सञ्चालन हुन लागेको वैकुण्ठधाम आध्यात्मिक महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
दुर्घटनामा परी एक जनाको मृत्यु
नेपालगन्जमा भएको ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
सेवाग्राहीमैत्री काममा केन्द्रित हुन शिक्षामन्त्री भट्टराईको आग्रह
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सेवाग्राही कार्यालयको काम सेवाग्राहीमैत्री बनाउनेतर्फ केन्द्रित हुन आग्रह गर्नुभएको छ।
रुखबाट खसेर वृद्धको मृत्यु
सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुर बुढाथोकी रुखबाट खसेर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७२ वर्षीय छत्रबहादुर कार्कीको रुखबाट लडेर मृत्यु भएको हो ।