उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै छठपर्व सम्पन्न भएको हो ।
देशभरको मौसम सफा रहने
हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पर्यटक भित्र्याउने लक्ष्य भेट्न मुस्किल
पर्यटक भित्रिने मुख्य सिजनमै ३० प्रतिशत हवाई उडान कटौती हुने भएपछि यो वर्ष सरकारले लिएको १६ लाख पर्यटक भित्र्याउने लक्ष्य भेट्न मुस्किल हुने देखिएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटना चार जनाको मृत्यु
भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्रकिलोमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
सकियो ‘कोप–२९’ को तयारी
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा नेपालको प्रतिनिधित्व राष्ट्रपति रामचन्द्र पौडेलसहितको नेपाली प्रतिनिधिमण्डलले गर्ने भएको छ ।
अब विद्यार्थीको मूल्याङ्कन घरायसी कामबाट पनि
विद्यालय तहका विद्यार्थीको आन्तरिक मूल्याङ्कन उनीहरूले घरमा गर्ने कामबाट हुने भएको छ ।
‘हनी ट्र्याप’ घटना अनुसन्धानमा सिआइबी
ललितपुरको भैँसेपाटी प्रहरी प्रभागका प्रहरीसमेतको मिलेमतोमा भएको ‘हनी ट्याप’ घटनाको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सुरु गरेको छ ।
बिपी राजमार्गमा घण्टौँको जाम अनि कष्टकर यात्रा
असोजको दोस्रो साता परेको वर्षाका कारण बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गमा यात्रुहरू कष्टकर यात्रा गरिरहेका छन् ।
ढुङ्गे मूर्ति बगैँचा बनाएर बेवास्ता
धार्मिक तथा सामारिक दृष्टिकोणले महत्वपूर्ण मानिएको माडीको सोमेश्वर गढीमा निर्माण गरिएका ढुङ्गाका मूर्तिहरू संरक्षण र सरसफाइका अभावमा जीर्ण बन्दै गएका छन् ।
दोलखामा गयो ४.५ रेक्टरको भूकम्प
बिहीबार साँझ दोलखामा ४ दशमलव ५ रेक्टरको भूकम्प गएको छ । आज साँझ ७ बजेर ५६ मिनेटको समयमा दोलखाको ओराङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
सडकको बिरुवा काट्ने भुषाल पक्राउ
कोहलपुर नगरपालिका –१० रामनगरमा नगरपालिकाले रोपेका बिरुवा काट्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका –१० रामनगरका लक्ष्मीप्रसाद भुसाल रहेका छन् ।
मुक्तिनाथको घोडसवार सेवामा जम्दै युवा
वैदेशिक रोजगारीमा पुगेर फर्केपछि रुकुमबाट मुस्ताङ आइपुग्नु भएका लब्सन बिकले घोडामा मुक्तिनाथ दर्शनका लागि मानिस बोक्न थाल्नु भएको थुप्रै वर्ष भयो । उहाँका अनुसार घोडामा मान्छे ओसारेर घरव्यवहार चलेको छ ।
दुईसय जनालाई खाद्यान्न तथा न्यानो कपडा
रुपन्देही व्यापार संघ बुटवलको रजत महोत्सवको अवसरमा बुटवलमा रहेको मानव सेवा आश्रम र रुपन्देही तिलोत्तमा नगरपालिकाको पश्चिम पहुनीमा रहेको मानव सेवा आश्रममा रहेका दुईसय जनालाई खाद्यान्न तथा न्यानो कपडा वितरण गरिएको छ ।
किसानलाई धान भित्र्याउने चटारो
सिन्धुलीका किसानलाई यतिखेर धान भित्र्याउने चटारो छ । तिहारअघि काटेको धानबाली वर्षाका कारण खेतमा नै नोक्सान भएपछि मौसममा सुधार आउने बित्तिकै उनीहरूलाई धान भित्र्याउन चटारो परेको हो ।
खोला तर्न बाँसको कच्ची पुल
हुलाकी राजमार्गअन्तर्गत कन्काई खोलामा वर्षौँअघि सुरु भएको पुल नबनेपछि समस्या परेका स्थानीयलाई आवतजावतमा सहजताका लागि बाँसको पुल बनाइएको छ ।
असहाय बालकलाई कम्बल सहयोग
सदरमुकाम तौलिहवास्थित रहेको बालगृहका बालकलाई बुद्धभुमि नगरपालिकाले कम्बल सहयोग गरेको छ ।
प्रदेश स्तरीय औद्योगिक व्यापार मेलाको तयारी
नवलपुरमा दोस्रो गण्डकी प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि महोत्सव हुने भएको छ । कृषि उत्पादन र पर्यटकीय क्षेत्रको प्रवर्धनका लागि जिल्लाको गैँडाकोटस्थित नारायणी नदी किनारमा महोत्सव गर्न लागिएको हो ।
सुखड–भजनी सडकखण्ड कालोपत्रे भएन
कैलालीको सुखड–भजनी सडक खण्डका लागि दुई चरणमा टेण्डर भई सडक चौडा तथा कालोपत्रे गर्ने काम सम्पन्न पनि बिच खण्डमा पर्ने चारकिलो मिटर सडक कालोपत्रेका लागि छुटेको छ ।
एमाले इलामको जिल्ला प्रतिनिधि छनोट
आगामी कात्तिक २९ र ३० गते ११ औँ जिल्ला अधिवेशनका लागि नेकपा (एमाले) इलामले प्रतिनिधि छनौट सम्पन्न गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थारु भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को गोरखापत्रद्वारा प्रकाशित थारु भाषा
तिहारपछि गाउँबस्ती सुनसान
दसैँतिहार मनाउन गाउँघर आएका आआफ्नो काममा फर्कन थालेपछि ग्रामीण बस्ती सुनसान बन्न थालेका छन् ।
काँक्रेविहारमा वनभोज बन्द
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ मा रहेको पर्यटकीय, पुरातात्त्विक एवं ऐतिहासिक स्थल काँक्रेविहार संरक्षण क्षेत्रभित्र वनभोज खान तथा रमाइलो गर्न बन्देज लगाइएको छ ।
मुख्यमन्त्री कार्कीद्वारा छठको शुभकामना
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वदेश तथा विदेशमा रहनुभएका दाजुभाइ, दिदीबहिनीमा छठको शुभकामना व्यक्त गर्नुभएको छ ।