• १२ पुस २०८१, शुक्रबार

सडकको बिरुवा काट्ने भुषाल पक्राउ

blog

लक्ष्मीप्रसाद भुषालले काटेको सडकको रुख विरुवा ।

कमल खत्री

धम्बोझी, कात्तिक २२ गते । कोहलपुर नगरपालिका –१० रामनगरमा नगरपालिकाले रोपेका बिरुवा काट्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका –१० रामनगरका लक्ष्मीप्रसाद भुसाल रहेका छन् ।

भुसाललाई इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । भुसालले गत भदौ २४ गते राति आराले धमाधम काटेर ५ वटा स्वामीका बिरुवा काटेका थिए । बिरुवा काटिएको खबर पाएपछि राति नै इलाका प्रहरी कार्यालय कोहलपुर, नगर प्रहरी र जनप्रतिनिधिसहितको टोली घटनास्थलमा पुगेर घटनाको अध्ययन गरेको थियो । 

घटनाको अध्ययन पश्चात भुसालले ती बिरुवा काटेको पत्ता लागेको थियो । भुसालले बिरुवा काट्दै गरेको सिसिटिभी फुटेज समेत प्रहरीले फेला परेको थियो । यस्तो अपराध गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरेर कारबाही गर्न कोहलपुर नगर प्रहरीले इलाका प्रहरी कार्यालय कोहलपुरमा जाहेरी दिएको थियो । तर, भुसाललाई पक्राउ गर्न डिभिजन वन कार्यालय बाँकेले प्रहरीलाई ढिला गरी अनुमति दिएको हो । 

वनको अनुमति पाएसँगै भुसाललाई कार्तिक २० गते पक्राउ गरिएको कोहलपुर प्रहरीले जनाएको छ । नगर प्रहरी प्रमुख वीरबहादुर थापा भुसाल कारबाहीमा परेसँगै कोहलपुर नगरपालिकाको हरित नगर अभियानमा अन्यले गर्न सक्ने क्षतिको जोखिम कम हुने बताउनुभयो । 

बिचसडकमा रहेका बिरुवामा बाँधेको गाईको दाम्लो नगर प्रहरीले काटेर गाई छाडिदिएको झोँकमा भुसालले बिचसडकमा हुर्किसकेका ५ वटा बिरुवा आराले धमाधम काटेका थिए ।