• २७ मंसिर २०८१, बिहिबार

दोलखामा गयो ४.५ रेक्टरको भूकम्प

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, कात्तिक २२ गते । बिहीबार साँझ दोलखामा ४ दशमलव ५ रेक्टरको भूकम्प गएको छ । आज साँझ ७ बजेर ५६ मिनेटको समयमा दोलखाको ओराङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । 

यो गोरखा भूकम्पको परकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिनुभयो । २०७२ वैशाख १२ गते मध्याह्न ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसयता स–साना भूकम्पको परकम्प गइरहेको केन्द्रको भनाइ छ ।