• १० मंसिर २०८१, सोमबार

असहाय बालकलाई कम्बल सहयोग

blog

बालगृहका बालकलाई कम्बल सहयोग गरिँदै । तस्बिर : नारद कोहार

नारद कोहार

तैलिहवा (कपिलबस्तु), कात्तिक २२ गते । सदरमुकाम तौलिहवास्थित रहेको बालगृहका बालकलाई बुद्धभुमि नगरपालिकाले कम्बल सहयोग गरेको छ । नेपाल बाल सङ्गठनद्वारा सञ्चालित बालगृहमा रहेका ३२ जना बालकलाई कम्बल सहयोग गरेको हो । 

सो अवसरमा नगर प्रमुख केशवकुमार श्रेष्ठले आफूले बाचा गरेअनुसार नै बालगृहका बालकलाई कम्बल उपलब्ध गराएको बताउनुभयो । बालगृहलाई आफ्नो नगरपालिकाले विभिन्न सामग्री खरिदका लागि वार्षिक २ लाख बजेट विनियोजन  गरेको उहाँको भनाइ छ । 

उहाँले बालगृहलाई सबैले सहयोग गरी असहाय बालकलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । सङ्गठनका अध्यक्ष गोपालमणि ज्ञवालीका अनुसार विगतदेखि नै बुद्धभुमि नगरपालिकाले बालगृहलाई सहयोग गर्दै आएको बताउनुभयो । बालगृहका लागि सरकारीस्तरबाट कुनै सहयोग नभएको उहाँले गुनासो गर्नुभयो ।