लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र आर्थिक विश्लेषणसम्बन्धी अमेरिकी ब्युरो (बिइए) का अनुसार अमिरिकी राज्य क्यालि
सरकार र शिक्षककाे वार्ता सकारात्मक रुपमा अघि बढेको छ: शिक्षामन्त्री पन्त
काठमाडौँ, वैशाख १७ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासङ्घसँग जारी वार्ता सकारात्मक दिशामा अघि बढेको बताउनुभएको छ । शिक्षकसँगको वार्ता सम्भव भएसम्म छिटो टुङ्गो लगाउन लागिएको पनि उहाँले मङ्गलबार रातिको वार्तापछि मन्त्रालयमै सञ्चारकर्मीलाई जानकारी दिनुभएको हो । वार्तामा शिक्षक पनि सकारात्मक रुपमा प्रस्तुत भएको जनइएको छ । शिक्षामन्त्री रघुजी पन्त र महासङ्घका पदाधिकारीबीचको वार्ता मङ्गलबार राति ८ बजेदेखि साढे १० बजेसम्म चलेको थियो । वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी हुनुभएको थियो । साथै महासङ्घका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वमा शिक्षकहरूको टोली वार्तामा सहभागी भएको जनाइएको छ । सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीच सोमबार भएको वार्ता सकारात्मक रुपमा अघि बढेकामा आज पुनः वार्ता भएको हो । शिक्षक सङ्घ सङ्गठनहरूले विभिन्न माग राखी गत चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् । जसका कारण देशभरका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८२ को सुरुदेखि नै पठनपाठन प्रभावित भएको छ ।
नेपालको शासकीय अभ्यास : विषयगत प्रश्नोत्तर
नेपालको शासकीय अभ्यास १. नेपालको विद्यमान शासकीय अभ्यासमा सङ्घीय संसद् र प्रदेश सभाबिचको अन्तरसम्बन्ध उल्लेख गर्नुहोस् । नेपालमा सङ्घीय संसद् र प्रदेश सभाबिचको समन्वय र अन्तरसम्बन्धलाई थप सुदृढ बनाउन के गर्नुपर्ला ? आफ्नो विचार प्रस्तुत गर्नुहोस् ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, वैशाख १७ गते । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ १३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८२ रुपैयाँ २५ पैसा र बिक्रीदर १८३ रुपैयाँ ०५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिदर ९८ रुपैयाँ ३० पैसा र बिक्रीदर ९८ रुपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०४ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर नौ रुपैयाँ ५५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५१ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०७ पैसा र बिक्रीदर चार रुपैयाँ ०९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३७ रुपैयाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ १२ पैसा र बिक्रीदर १४ रुपैयाँ १८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ७६ पैसा र बिक्रीदर २० रुपैयाँ ८५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ५१ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ७१ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुयैयाँ ५९ पैसा र बिक्रीदर ३५५ रुपैयाँ १५ पैसा रहेको छ । भारतीय मुद्रा एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।
विद्युतीय बस दुर्घटना सात जना घाइते
केशवचन्द्र महरादिपायल, वैशाख १७ गते । डोटीमा इभि हाइस दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन् । भीमदत्त राजमार्ग अन्तर्गत जिल्लाको जोरायल गाउँपालिका २ मेलखोलामा हाइस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । मङ्गलवार राति ११ स् ३० बजेको समयमा धनगढीबाट बैतडी जाँदै गरेको सु।प।प्र। ०२००१ ज ०५६७ नम्बरको इलोक्ट्रनिक हाइस दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख, प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार दुर्घटनामा हाइस चालक पूर्चौडी गाउँपालिकाका २४ वर्षीय अशोक बमसहित ७ जना यात्रु घाइते भएका हुन् । दुर्घटनामा डिलासैनी गाउँपालिका ४ का ४५ वर्षीय हर्क बहादुर नेगी, सोही ठाउँका २७ वर्षीय धिरेन्द्र नेगी, ४४ वर्षीय जगदीश जोशी, ५३ वर्षीय राम बहादुर नेगी, ६५ वर्षीया धना नेगी र २८ वर्षीय वीर बहादुर नेगी घाइते भएका छन् । घाइते मध्य ५ जनाको स्वास्थ्य अवस्था माध्यम रहेको प्रहरीले जनाएको छ। इभि हाइस चालक बम र ६५ वर्षीय धना नेगीको अवस्था गम्भीर रहेको छ। घाइते सबैको उद्धार गरेर उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ ।प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार इभि हाइस एक्कासी आफै अनियन्त्रित भएर दुर्घटना भएको हो ।
गौतमलाई राष्ट्रिय लेखक पुरस्कार
तेस्रो राष्ट्रिय लेखक दिवसका अवसरमा आख्यानकार ध्रुवचन्द्र गौतम ‘राष्ट्रिय लेखक पुरस्कार’ बाट सम्मानित हुनुभएको छ ।
मौसमः तराईमा हुरी चल्ने पूर्वानुमान
काठमाडौँ, वैशाख १७ गते । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि प्रभाव रहेको छ ।महाशाखाले आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली हुने जनाएको छ । देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्या¬ङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हुरी चल्न सक्ने छ ।त्यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्या¬ङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
‘मायाको आभास’ सार्वजनिक
गायक अमित प्रधानको स्वरमा रहेको ‘मायाको आभास’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा शब्द र सङ्गीत पनि गायक प्रधानको रहेको छ । गीतको सङ्गीत संयोजन हर्कुलस बस्नेतले गर्नुभएको छ ।
‘मीरा’ को भूमिकामा थापा
अभिनेतृ रेखा थापाले नाटकमा ‘डेब्यु’ गर्न लाग्नुभएको छ । कान्तिपुर फिल्म एकेडेमीको नाटकघर कान्तिपुर थिएटरको ओपनिङ नाटक ‘मीरा’ बाट थापाको डेब्यु हुन लागेको हो ।
देशप्रेम झल्केको अन्तरपुस्ताको कथा
नेपाली भाषीको मनोभाव बोल्ने कथा हो ‘भूठान’ । अमेरिका बस्ने नेपाली भाषीको दैनिकीलाई सचित्र उतारेको छ, चलचित्रले । चलचित्रका मुख्य कलाकार विष्णुकुमार केसी (हरिवंश आचार्य) को सेरोफेरोमा कथा अघि बढ्छ ।
सगरमाथा आरोहणमा नयाँ प्रस्ताव
सात हजार मिटरभन्दा उचाइका कम्तीमा एक हिमाल आरोहण गरेका व्यक्तिलाई मात्र सगरमाथा आरोहणको अनुमति दिने गरी सरकारले कानुनी व्यवस्था प्रस्ताव गरेको छ ।
कर्णाली प्रदेशमा बजेटको तयारी
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याउने बजेटको आकार बढ्ने भएको छ । सङ्घीय सरकारबाट बजेटको सिलिङ बढेर आएपछि प्रदेश सरकार पनि आकार बढाएर बजेट निर्माणमा जुटेको छ ।
एक अर्बको लगानीमा औषधी उद्योग
विराटनगरका दुई युवाको लगानी साझेदारीमा एक अर्ब रुपियाँ लागतको औषधी उद्योग सञ्चालनमा आएको छ । मोरङको बुढीगङ्गा गाउँपालिका–२ मा एलेक्सा लाइफ साइन्सेस प्रालि नामको इलेक्ट्रोलर औषधी उद्योग सञ्चालनमा आएको हो ।
वन समूहद्वारा प्राङ्गारिक मल उत्पादन
दाङमा सामुदायिक वन समूहले काठ उत्पादनसँगै अन्य विकल्प अपनाएर रोजगारी सिर्जनासँगै आयआर्जन गर्न थालेका छन् । वन संरक्षण गरेर काठ, दाउरा उत्पादन गर्दै आएका सामुदायिक वनले जङ्गलमा खेर जाने घाँस र पातपतिङ्गरबाट जैविक मल उत्पादन गरेर आयआर्जन गर्न थालेका हुन् ।
एक चौथाइभन्दा बढी उद्योग प्रतिष्ठानले दिँदैनन् न्यूनतम पारिश्रमिक
सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक एक चौथाइभन्दा बढी उद्योग प्रतिष्ठानले कार्यान्वयन नगरेको पाइएको छ । सरकारले न्यूनतम पारिश्रमिक १७ हजार तीन सय रुपियाँ निर्धारण गरेको छ ।
थप एक लाख उन्नाइस हजार मेट्रिक टन मल ल्याइँँदै
आगामी धान बालीका लागि थप एक लाख १९ हजार मेट्रिक टन मल ल्याइने भएको छ ।
व्यावसायिक कृषिमा ड्रोनको प्रयोग
पछिल्लो समय कृषिमा प्रविधिको प्रयोग बढ्दै गएको छ । परम्परागत रूपमा गोरु र राँगा प्रयोग गरी जोत्ने ठाउँमा ट्याक्टर, मिनिटिलर, पावर टिलरको प्रयोग गर्न थालिएको छ भने बाली काट्न र पिस्न प्रविधिको प्रयोग भइरहेको छ ।
चलचित्र विधेयक दर्ता
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सभामा चलचित्र विधेयक, २०८१ दर्ता गराएको छ । सो विधेयक ऐनका रूपमा आएपछि चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ लाई प्रतिस्थापन गर्ने छ ।
‘छ दशकपछि पाएँ मान्छेको नाम’
रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–३ निवासी ६१ वर्षीय कमला बिटालु यसअघि कुकुर्नी कामीको नामबाट चिनिनुहुन्थ्यो । उहाँले २०४४ माघ ८ गते प्राप्त गरेको नागरिकतामा उहाँको नाम कुकुर्नी कामी थियो ।
कानुन अभावमा करोडौँका मेसिन प्रयोगविहीन
आवश्यक कार्यविधि तथा प्राविधिक परीक्षण गराउनुपर्ने अनिवार्य व्यवस्था नहुँदा ‘भेहिकल फिटनेस टेस्ट लेन’ मेसिन करिब डेढ दशकदेखि प्रयोगविहीन बनेको छ ।
सरकार–शिक्षक वार्ता सहमतिनजिक आज निर्णय
विभिन्न पेसागत माग राखेर २८ दिनदेखि आन्दोलरत शिक्षक र सरकारबिच मङ्गलबार साँझको वार्ता सहमतिनजिक पुगेको छ । वार्तामा सहभागी दुवै पक्षका सदस्यका अनुसार सहमतिबारे बुधबार औपचारिक घोषणा हुने छ ।
राजनीतिक दलसम्बन्धी ऐनमा फरक सुझाव
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ संशोधन तथा परिमार्जनका लागि निर्वाचन आयोगको प्रस्तावित व्यवस्थामा राजनीतिक दलहरूको सुझाव बाझिएको छ ।
चौँरी प्रतियोगिताको उपाधि गुरुङको ‘मिक्टा’ लाई
चौँरी प्रवर्द्धनका लागि ताप्लेजुङमा आयोजना गरिएको चौँरी प्रतियोगिताको उपाधि राजेश गुरुङले हात पार्नुभएको छ । सिरीजङ्घा गाउँपालिकाद्वारा आयोजित प्रतियोगितामा स्थानीय कृषक गुरुङले पाल्नु भएको ‘मिक्टा’ नामक चौँरी उत्कृष्ट ठहर गरी उपाधि प्रदान गरिएको हो ।
डा. रेग्मीलाई प्रज्ञा साहित्य सम्मान
पर्वतको जलजला गाउँपालिका ५ लेखफाँट निवासी प्राडा. जगन्नाथ रेग्मी पोखरामा सम्मानित हुनुभएको छ ।