कास्की समाचारदाता
कास्की, वैशाख १७ गते । अभिनेतृ रेखा थापाले नाटकमा ‘डेब्यु’ गर्न लाग्नुभएको छ । कान्तिपुर फिल्म एकेडेमीको नाटकघर कान्तिपुर थिएटरको ओपनिङ नाटक ‘मीरा’ बाट थापाको डेब्यु हुन लागेको हो ।
दीपक सिँजाली लिखित उपन्यास ‘मीरा’ मा आधारित नाटकमा एक महिलाको परिवार र समाजसँग विद्रोहको कथा छ । नाटकको नाट्य रूपान्तरण र निर्देशन सुन्दर धितालको रहने छ ।
ओपनिङ नाटक रूपमा ‘मीरा’ मञ्चन हुन लागेको एकेडेमीले जनाएको छ । एकेडेमीका अनुसार नाटकको अहिले रिडिङ र रिहर्सलको काम भइरहेको छ । नाटक जेठ १५ गतेदेखि मञ्चन हुने छ ।