जनकपुरधाममा मधेश बालिका सम्मेलन सुरु
सक्षम बालिका : समृद्ध मधेश मुलनाराका साथ मधेश प्रदेशको राजधानी जनकपुरधाममा बुधबारदेखि मधेश बालिका सम्मेलन २०८२ सुरु भएको छ ।
सार्वजनिक बिदामा पनि जिल्ला प्रशासनबाट सेवा प्रवाह
जिल्ला प्रशासन कार्यालय बझाङले सार्वजनिक बिदाको दिन पनि सेवा दिँदै आएको छ ।
जिल्ला अस्पताल हुम्लाका चिकित्सकले तलब नपाएको गुनासो
जिल्ला अस्पताल हुम्लाका चिकित्सकहरूले सात महिनादेखि तलब नपाएको गुनासो गरेका छन् ।
सिदिङ्मा धाममा बढ्न थाले पर्यटक
ताप्लेजुङको धार्मिक पर्यटकीय क्षेत्रको रूपमा रहेको सिदिङ्मा धाममा पर्यटक बढ्न थालेका छन् ।
गौमुखी ऋषिले तपस्या गरेको आकर्षक ‘गाईथुने’
पवित्र कालीगण्डकी नदीको किनारमा अवस्थित छ गाईथुने । बागलुङको जैमिनी नगरपालिका–८ छिस्ती बेलबगरमा अवस्थित गाईथुनेप्रति मानिसका विभिन्न मान्यता र बुझाइ रहँदैआएको छ।
एक सय ३८ केजी गाजासहित चालक पक्राउ
सप्तरी प्रहरीले छुट्टाछुट्टै ठाउँबाट लागुऔषध एक सय ३८ केजी गाजासहित एक जनालाई पक्राउ गरेको छ ।
सहिद परिवार सम्मानित
बर्दिया जिल्लामा स्थायी बसोवास भएका र देशका विभिन्न स्थानमा सेवारत रहदा शहादत प्राप्त गरेका अमर सहिद सशस्त्र प्रहरीका परिवारलाई बुधबार सम्मान गरिएको छ ।
लेटाङमा बङ्गुर प्रवर्धन कार्यक्रम
उत्तरी मोरङको लेटाङ नगरपालिकाले नगरको–९ बाह्रगोठेमा बङ्गुरपालन प्रवर्धन कार्यक्रम सुरु गरेको छ । नगरले बङ्गुरपालन क्षेत्र छनाेट गरी ९ नम्बर वडाको बाह्रगोठेका ३८ जना किसानलाई १–१ वटा बङ्गुरका पाठापाठी वितरण गरी कार्यक्रम सुरु गरेको हो । लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावती र उपप्रमुख कृष्णकुमारी निरौलाले किसानलाई पाठापाठी वितरण गर्नुभयो ।
सेती नदीमा पक्की पुल निर्माण
तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथि मोटर गुड्ने पुल निर्माणको काम धमाधम भइरहेको छ । व्यासको वडा नम्बर ३ को देउरालीनगर, बिसघरे र ऋषिङ गाउँपालिका–१ को झापुटार जोड्ने पुलको निर्माण कार्यले गति लिएको हो ।
झोलुङ्गे पुल निर्माणले ग्रामीण जनजीवन सहज
जिल्लामा रहेका ग्रामीण समुदायमा निर्माण भएका झोलुङ्गे पुलले स्थानीय जनजीवनलाई सहज बनाएको छ । गाउँ–गाउँमा मोटर बाटो पुगे पनि स्थानीयलाई दैनिक रुपमा घाँस दाउरा, मेलापात गर्न झोलुङ्गे पुल नै सारथी बन्ने गरेको छ ।
सर्वोच्चको आदेशपछि रेशम चौधरी पक्राउ
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ पर्नुभएको छ । आज नाउपा र जनमत पार्टीको एकता सभा गर्ने तयारी गरिरहेकै बेला चौधरीलाई कमलादीबाट प्रहरीले चौधरीलाई पक्राउ गरेको काठमाडौं प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज अधिकारीले बताउनुभयो ।
नेपालगन्ज नाकामा कडाइ
नेपालगन्ज भन्सार कार्यालयले राजस्व सङ्कलनको निर्धारित लक्ष्य हासिल गर्न नसकेपछि जमुनाहा नाकामा चेकजाँचमा कडाइ सुरु गरिएको छ ।
विद्यालयको अक्षयकोषकामा दुई करोड १७ लाख सङ्कलन
म्याग्दीको मालिका गाउँपालिका ७ बिममा रहेको किसानी माध्यमिक विद्यालयले स्थापना गर्न लागेको किसानी सञ्जीवनी अक्षयकोषमा दुई करोड रुपियाँ भन्दा बढी सङ्कलन भएको छ ।
चोयाकोटको सन्देशमूलक पहलकदमी
शिक्षक आन्दोलनले सामुदायिक विद्यालयहरू देशभरी ठप्प छन् । त्यहीबेला बाजुराको एक विद्यालयले पठनपाठन बन्द नहोस् भनेर चालेको कदमको राम्रो सन्देश गएको छ ।
कोशी लगानी सम्मेलन : ७१ वटा परियोजना तयार
कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजना हुन लागेको कोशी लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने भएको छ ।
कञ्चनजङ्घा बेस क्याम्पमा साइक्लिङ
कञ्चनजङ्घा आधार शिविर (बेस क्याम्प) क्षेत्रमा पहिलो पटक साइक्लिङ गरिएको छ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमशिखर कञ्चनजङ्घाको दक्षिणी आधार शिविर छेउको ओक्ताङ क्षेत्रमा पहिलो पटक साइक्लिङ गरिएको हो ।
निबेल-नयाँसाँघु-पालुङटार सडक कालोपत्रे सुरु
नेपालको राष्ट्रिय गौरवको आयोजनामध्ये मध्यपहाडी लोकमार्ग अन्तर्गत निबेल-नयाँसाँघु-पालुङटार-ठाँटीपोखरी सडक कालोपत्रे सुरु भएको छ ।
विद्यालयमा विपद् जोखिम न्यूनीकरण स्रोत केन्द्र सञ्चालन गरिने
त्यसका लागि तानसेन नगरपालिका, डिजास्टर एजुकेसन प्रोमोसन अफिस र सिटिनेट प्लस आर्टस् सेन्टर फर क्रियटिभ पार्टनरसिप्स डिजाइन एन्ड क्रियटिभ सेन्टर कोवे, जापानबीच त्रिपक्षीय सम्झौता भएको हो ।
नाबालक छोराको हत्या गरी गाड्ने आमा र बाबु पक्राउ
आफ्नै नौ वर्षीय छोराको हत्या गरेर शवलाई जमिनमुनि गाड्ने आमा र सौतेला बुवालाई प्रहरीले पक्राउ गरेको छ ।
बजेटमार्फत जनतालाई राहत दिनुपर्छः सचेतक पाण्डे
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले आगामी आर्थिक वर्षको बजेट जनतालाई प्रत्यक्ष राहत दिने खालको हुनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्धः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
चित्रे पोखरी – भच्चेक सडक अनिश्चितकालका लागि बन्द
गुणबहादुर रोकासुलीकोट, वैशाख १७ गते । गोरखाको सिरानचोक गाउँपालिका – २ तारे पहरा अन्तर्गत पर्ने चित्रे पोखरी – भच्चेक सडक अनिश्चितकालका लागि बन्द भएको छ । गाउँपालिकाले सडक ढलान गर्न भन्दै चित्रे पोखरी – भच्चेक हुँदै सिरान डाँडासम्म पुग्ने सडक अर्को सूचना नआएसम्म लागि बन्द रहने सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार गण्डकी प्रदेश अन्तर्गत पूर्वाधार कार्यकाल गोरखा मार्फत ५० लाख रुपियाँ लागतमा १९५ घन मिटर सडक ढलान, २७ घन मिटर ग्याबिन जाली र नाली मर्मत गर्नुपर्ने भएकाले गोरखाको ऐतिहासिक तथा पर्यटकीय स्थल अजिरकोटको भच्चेक सडकमा सवारी आबगमनमा पुर्ण रूपमा बन्द गरिएकाले वैकल्पिक मार्गको खोजी गरी सवारी साधन सञ्चालन गर्न सिरानचोक गाउँपालिकाले आग्रह गरेको छ । गर्मी बढेसँगै सडक बाटो भएर भच्चेक पुग्ने आन्तरिक पर्यटकहरू अत्यधिक मात्रामा आवतजावत गर्ने मुख्य सडक बाटो भएकाले पनि सडक मर्मत गरी सुचारु गर्न लागिएको सिरानचोक गाउँपालिकाले जनाएको छ । अहिले गोरखा सदरमुकाम देखि अन्य जिल्लाबाट भच्चेक हुँदै सिरान डाँडा जाने यात्रुलाई केही दिनको लागि असहज भएता पनि केही दिनपछि कालोपत्रे सडकबाट भएर सिरानचोकको केराबारी, नयाँ बजार थालाजुङ हुँदै प्रसिद्ध पर्यटकीय स्थल भच्चेकसम्म आवतजावत गर्न सहज यात्रा बनाइने गाउँपालिकाले विज्ञप्तिमा जनाएको छ । गाउँपालिकाले भच्चेक जाने सडक ढलान हुने भएपछि उक्त सडक खण्डमा सवारी आवतजावतमा पुर्ण रुपमा रोक लगाई सवारी प्रयोगकर्ताहरूले वैकल्पिक मार्गको रूपमा चित्रे पोखरीबाट माथिल्लो पाम –राम्चे – चिलाउने हुँदै भच्चेक सडक बाटो प्रयोग गर्न पनि गाउँपालिकाले आग्रह गरेको छ । बाटोको कारण यात्रुलाई पर्न गएको असुविधाप्रति गाउँपालिका सचेत रहेको बताइएको छ ।
दोलखा ‘रक क्लाइम्बिङ महोत्सव’ हुँदै
चरिकोट, वैशाख १७ गते । दोलखालाई साहसिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न ‘सोक्ला रक क्लाइम्बिङ महोत्सव हुने भएको छ । महोत्सवमा क्लाइम्बिङ प्रतियोगितासमेत हुने आयोजकले जनाएको छ । सोक्लाश्वरी पर्यटन विकास समाजको आयोजनामा ‘एडभेन्चर क्लाइम्बिङ हब’को रूपमा दोलखाको सोक्ला भ्यालीको प्रवर्द्धन गर्ने उद्देश्यका साथ वैशाख २० र २१ गते महोत्सव आयोजना गर्न लागिएको हो । दोलखाको भीमेश्वर नगरपालिका २ स्थित सोक्ला भ्यालीमा आयोजना हुने यो तेस्रो संस्करणको महोत्सव रहेको पर्यटन विकास समाजले जनाएको छ । नेपाल पर्यटन बोर्ड र भीमेश्वर नगरपालिकाको आर्थिक सहयोगमा दुई दिने रक क्लाइम्बिङ महोत्सव हुन लागेको पर्यटन समाजका अध्यक्ष अर्जुन पाख्रिनले जानकारी दिनुभयो । ‘साहसिक पर्यटनको विकास गर्ने उद्देश्यले सोक्लामा रक क्लाइम्बिङ सुरु गरिएको हो’, समाजका अध्यक्ष पाख्रिनले भने, ‘सोक्ला र चक्पा क्षेत्रमा पर्ने गुम डाँडाको भीर ४२० मिटरको पहाड हो। यही प्राकृतिक चटानमा रक क्लाइम्बिङ गन्तव्यको विकास गर्न महोत्सव आयोजना गरेका छौं ।’सोक्ला र चक्पाको भीरमा आयोजना गरिने रक क्लाइम्बिङको लागि २५-२५ मिटरको दुई वटा सिङ्गल पिचको रक रुट तयार गरिएको छ । यस वर्ष रक रुट सय मिटरको उचाइमा पुर्याउने लक्ष्य रहेको पर्यटन विकास समाजले जनाएको छ । पर्यटन विकास समाजले २०७८ देखि सोक्ला भ्यालीको चरा पर्यावरण, प्रकृतिसँगै संस्कृति, पर्यटन प्रवर्द्धन, पर्यटकीय पूर्वाधार विकासमा रचनात्मक कार्यहरू गर्दै आइरहेको छ । समाजले यसअघि जापानीज नागरिकहरूको हिकारी संङ गिफ्ट कार्यक्रम, फ्रान्सको दूतावासको सहयोगमा रक क्लाइम्बिङ हाइकिङ गरेका थिए । यसपछि समाजले साहसिक गन्तव्यको रूपमा सोक्ला भ्यालीलाई प्रवर्द्धन गर्ने क्रममा रक क्लाइम्बिङ परियोजना सञ्चालन गर्दै आइरहेको छ । समाजका अध्यक्ष पाख्रिनले सोक्ला भ्यालीमा साहसिक गन्तव्यको विभिन्न सम्भावना भएको बताए । यहाँ बन्जिजम्प, जिपलाइन, साइक्लिङ, चराका प्रजाति अध्ययन केन्द्र, मरेङ खोलामा क्यानोनिङ, सिंगटीदेखि सोक्ला भ्यालीसम्म र्याफ्टिङ जस्ता सम्भावना भएको पाख्रिनको भनाइ छ । ‘भीमेश्वरको सोक्ला भ्याली सम्भावना बोकेर पनि ओझेलमा परेको पर्यटकीय साहसिक गन्तव्य हो,’ अध्यक्ष पाख्रिनले भन्नुभयो,‘तर, स्थानीय तहले यस विषयमा अध्ययन अनुसन्धान र सम्भावनाको विषयमा खोजी गर्न सकेको छैन ।’ सदरमुकाम चरिकोटबाट आठ किलोमिटर दुरीमा रहेको सोक्ला गाउँ धार्मिक एवं सांस्कृतिक रूपमा समेत महत्त्वपूर्ण छ । सोक्ला गाउँ विशेष गरी कृषि पर्यटनसँगै, पर्यापर्यटन, साहसिक पर्यटन, चरा पर्यापर्यटन, गौरीशङ्कर शृङ्खलाको दृश्य हेर्ने गन्तव्य र धार्मिक अध्ययन अनुसन्धानका लागि यो क्षेत्र प्रसिद्ध छ ।महोत्सवका लागि माउन्टेन गाइड एसोसिएसन अफ नेपालले प्राविधिक पक्षको संयोजन गरेका छन् । रक क्लाइम्बिङ उद्घाटन समारोहमा स्थानीय झाँकी, ताम्बा, झाँक्री, मारुनीसँगै पञ्चै बाजाको समेत प्रस्तुति रहनेछ । सोक्लाश्वरी पर्यटन विकास समाजले विगत पाँच वर्षदेखि सोक्ला रक क्लाइम्बिङ प्रवर्धनमुखी कार्यक्रमहरू गर्दै आइरहेको छ । रक क्लाइम्बिङ महोत्सवमा तीन सयको सहभागिता रहने अपेक्षा गरिएको छ ।
उत्पीडित जातीय मुक्ति समाजको अध्यक्षमा सुनाम
सत्तारुढ दल नेकपा (एमाले) निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज ताप्लेजुङको अध्यक्षमा नरबहादुर सुनाम चयन हुनुभएको छ । समाजको छैटौं जिल्ला अधिवेशनले सुनाम अध्यक्ष रहेको २५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो ।