• १७ वैशाख २०८२, बुधबार

सार्वजनिक बिदामा पनि जिल्ला प्रशासनबाट सेवा प्रवाह

blog

जिल्ला प्रशासन कार्यालय बझाङ ।

सुरेश धामी 

बझाङ, वैशाख १७ गते । जिल्ला प्रशासन कार्यालय बझाङले सार्वजनिक बिदाको दिन पनि सेवा दिँदै आएको छ । नेपाल सरकारको गत चैत १५ गते राजपत्रमा प्रकाशित सूचना अनुसार जिल्ला प्रशासन कार्यालयले वैशाख १ गतेदेखि सार्वजनिक बिदाको दिन पनि नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाहरू नियमित रूपमा प्रवाह गरिरहेको हो।

जिल्ला प्रशासन कार्यालयले लाभग्राहीहरूको सहजताका लागि शनिबार बाहेक सार्वजनिक बिदा पर्ने दिनहरूमा समेत सेवा प्रवाह गरिन लागेको सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीले बताउनुभयो । प्रशासनले, छण्डी पूर्णिमा(उमा महेश्वर पूजा) गणतन्त्र दिवस, घटस्थापना, धान्य पूर्णिमा(उभौली पर्व)क्रिसमस डे, तामु ल्होसार, पृथ्वी जयन्ती, (राष्ट्रिय एकता दिवस) माघे सक्रान्ती, सोनाम ल्होल्सार, सहिद दिवस, महाशिवरात्री, ग्याल्पो ल्होसार, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तराष्ट्रिय महिला दिवस, तथा ईद जस्ता पर्वहरूमा आउँदो चैत मसान्तसम्मै सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गरिने जनाएको छ । 

सार्वजनिक बिदाका दिन सिमित कार्यालय खुला रहने हुँदा सेवाग्राहीलाई सुविधा पुग्ने अपेक्षा गरिएको छ । सेवा नियमितरूपमा प्रदान गर्न खटीने भएका छन् । सेवा प्रवाहलाई प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको र यो कदमले बिदाका दिन समेत नागरिकका अत्यावश्यक काम नरोकिने सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो ।