• १७ वैशाख २०८२, बुधबार

‘मायाको आभास’ सार्वजनिक

blog

काठमाडौँ, वैशाख १७ गते । गायक अमित प्रधानको स्वरमा रहेको ‘मायाको आभास’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा शब्द र सङ्गीत पनि गायक प्रधानको रहेको छ । गीतको सङ्गीत संयोजन हर्कुलस बस्नेतले गर्नुभएको छ ।

हिमाल थापाले निर्देशन गर्नुभएको गीतको भिडियोमा ओहेरी केसी र अमित प्रधानको अभिनय रहेको छ । गीतलाई म्युजिक नेपालले निर्माण र बजार व्यवस्थापन गरेको छ । भिडियोको सहायक निर्देशन सञ्जय सुवेदीले गर्नुभएको छ भने भिडियोको सम्पादन र रङ संयोजन निर्देशक थापाले नै गर्नुभएको हो ।