• १२ जेठ २०८२, सोमबार

ट्याक्टरले च्यापिएर घरधनीको मृत्यु

blog

जनार्जन खत्री

सर्लाही, जेठ ११ गते । सर्लाहीको बसबरिया गाउँपालिका –६, मनटोलमा आइतबार दिउँसो ट्याक्टरमा च्यापिएर एक घरधनीको मृत्यु भएको छ । 

आफ्नै घरको आँगनमा माटो भर्ने काम गरिरहेको ज. १ त ९५६४ नम्वरको ट्याक्टरमा च्यापिएर ६५ वर्षीय अमिरी पासवानको मृत्यु भएको हो । ट्याक्टरबाट माटो अनलोड गर्न ब्याक गर्ने क्रममा टेलारीको भाग र घरको भित्ताको बिचमा च्यापिएर पासवानको घटास्थलमै मृत्यु भएको हो । 

मृतक पासवानको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ । ट्याक्टर घटनास्थलबाट प्रहरी कार्यालयमा ल्याएर राखिएको छ । 

दुर्घटनापछि फरार रहेका ट्याक्टर चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) निरन्जन भट्टराईले जानकारी दिनुुभयो ।