पानी उद्योग सञ्चालन
गुल्मीमै पहिलो पटक पानी उद्योग सञ्चालनमा आएको छ । रेसुङ्गा नगरपालिका–३, छल्दीखोला किनारमा ‘रेसुङ्गा जल’ उद्योग प्रालि नामले शुद्ध पिउने पानी उद्योग सञ्चालनमा आएको हो ।
नेसनल लाइफले ल्यायो बाल अमृत बिमालेख
नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले बाल अमृत बिमालेख अन्तर्गत बाल अमृत ४ सावधिक बिमालेख ल्याएको छ ।
कृषि मिनी ल्याब स्थापना
सल्यानको कपुरकोटमा कृषि मिनी ल्याब स्थापना गरिएको छ ।
विदेशी भ्रूण हुर्काउँदै नेपाली गाई
कुखुराले हाँसको चल्ला र चिबे चराले कोइलीको बच्चा कोरेल्ने र हुर्काएको घटना त हामीले देखेकै र सुनेकै हो ।
वैदेशिक रोजगारीमा दक्ष युवा घटे
वैदेशिक रोजगारीमा दक्ष भएर विदेश जाने युवाको सङ्ख्या पछिल्लो पाँच महिनामा नौ प्रतिशतसम्म घटेको देखिएको छ ।
कृषि कर्ममा पूर्वजनप्रतिनिधि
चारैतिर जङ्गलले घेरिएको सुनसान ठाउँ । त्यहाँ रहेको ठुलो ताल किनारमा खरले छाएको सानो कच्ची घरमा अचेल भेटिनुहुन्छ, पूर्वजनप्रतिनिधि कमलप्रसाद चौधरी ।
दुई सहकारीमा तालाबन्दी
बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेका दुई वटा सहकारी संस्थामा तालाबन्दी गरेको छ ।
अध्यादेश ठिक नभएको निष्कर्ष
समाजवादी मोर्चा नेपालले संसदीय समितिमा विचाराधीन अवस्थामा विधेयक भएको बेला अध्यादेश ल्याउनु ठिक नभएको निष्कर्ष निकालेको छ ।
समन्वय र सहकार्य गरी नागरिकलाई सुसूचित बनाउनु पर्छ
सार्वजनिक सेवा प्रसारण नेपालले समानतामूलक समाजको निर्माण गर्न र राष्ट्रिय एकतालाई बलियो बनाउन नवीनतम् अभ्यास आरम्भ गर्नुपर्ने सुझाव विज्ञले दिएका छन् ।
फरक मतपछि छलफल लम्बियो
सम्पत्ति र दायित्व सर्ने विषय कानुनसँग बाझिएपछि तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथिको दफावार छलफल लम्बिने भएको छ ।
सामुदायिक विद्यालयमा विद्यार्थी, आधाभन्दा बढीमा दयनीय अवस्था
मुलुकभर सञ्चालनमा रहेका आधाभन्दा धेरै सामुदायिक विद्यालयमा विद्यार्थी अभाव भएको छ ।
बेलगाम ‘सामाजिक अभियन्ता’ !
सिर्जनशील भई समाजलाई सकारात्मक दिशामा अग्रसर बनाउन विभिन्न गतिविधिमार्फत असल कामहरू भइरहेका उदाहरण प्रशस्तै छन् ।
सांसद चौधरीविरुद्धको रिट खारेज
सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीविरुद्धको रिट निवेदन खारेज गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डा. मनोजकुमार शर्माको संवैधानिक इजलासले आज सांसद चौधरीको रिट निवेदन खारेज गरेसँगै उहाँको सांसद पद जोगिएको छ ।
पेट्रोलमा २, डिजेल र मट्टितेलमा ३ रुपियाँको दरले बृद्धि
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि गरेको छ । माघ ३ गते विहान १ बजेदेखि बृद्धिभएको मूल्य लागुहुने निगमले जनाएको छ ।
तीन दिनको मौसम पूर्वानुमान : बिहीबार हिमाली क्षेत्रमा हिमपातको सम्भावना
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार पाँच प्रदेशका हिमाली क्षेत्रको थोरै स्थानमा हिमपातको सम्भावना रहेको पूर्वानुमान गरेको छ ।
कालीकोटमा पाक्न थाल्यो काफल
पुस–माघमै काफल पाकेको सुन्दा जोकोहीले पत्याउँदैनन । तर कालीकोटमा पुस महिनामा काफल पाक्न थालेको छ । बैशाखमा पाक्ने काफल कालिकोटको शुभकालिका गाउँपालिकामा पाक्न सुरु भएको हो ।
आगलागीले पाँच घर जलेर नष्ट
सुनसरीको गढी गाउँपालिका र इनरुवा नगरपालिकाको जल्पापुरमा आगलागी हुदाँ पाँच घर जलेर नष्ट भएको छ । स्थानीयले न्यानोका लागि बालेको घुरबाट भएको दुवै ठाउँको आगलागीमा पाँच घर जलेर नष्ट भएको हो ।
नेपालगगन्ज भुकम्प जोखिममा
सहरीकरण हुँदैजाँदा भौतिक संरचना भूकम्प प्रतिरोधी बनाउन ध्यान नदिएको र ठुलो संख्यामा धेरै पुराना घरहरु रहेकाले नेपालगगन्ज भूकम्पको उच्च जोखिममा रहेको छ। विगतमा भूकम्पले देशमा ठुलो क्षति गरेपछि सरकारी स्थलमा बन्ने संरचना भूकम्प प्रतिरोधी बनाउन थालिए पनि व्यक्तिगत रूपमा हुने निर्माणमा लापरवाही अझै पाइने गरेको छ ।
मधेसमा मनाइयो २७ औं भूकम्प सुरक्षा दिवस
मधेश प्रदेशमा २७ औं भूकम्प सुरक्षा दिवस २०८१ विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्व तयारीका साथ भने मूलनाराका साथ मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले बुधबार विहान मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रभात फेरि, भूकम्प सुरक्षा प्रर्दशनी तथा भूकम्पबाट जोगिन अपनाउनु पर्ने सावधानी विषयमा सचेतनामुलक कार्यक्रमको आयोजना गरेको छ ।
हेटौँडामा घरेलु उत्पादन प्रदर्शनी हुँदै
हेटौँडामा दोस्रो घरेलु उत्पादन प्रवर्धन प्रदर्शनी तथा नृत्य प्रतियोगिता एवम् शैक्षिक मेला २०८१ हुने भएको छ । हेटौँडा –१० स्थित बसपार्क परिसरमा १९ वटै वडाको सहभागितामा माघ ११ र १२ गते घरेलु उत्पादन प्रदर्शनी तथा नृत्य प्रतियोगिता गर्न लागिएको बुधवार पत्रकार सम्मेलनमार्फत हेटौँडा उपमहानगरपालिका १० वडा अध्यक्ष एवम् घरेलु उत्पादन प्रदर्शनी तथा नृत्य प्रतियोगिता एवम् शैक्षिक मूल आयोजक समितिका संयोजक पूर्वा दोर्जे लामाले जानकारी दिनुभयो ।
निर्माण मापदण्ड कार्यान्वयन नहुँदा भूकम्पीय जोखिम
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भवन निर्माण गर्दा लागत खर्च सस्तो खोजेर निर्माण मापदण्ड कार्यान्वयन नगर्दा भूकम्पीय जोखिम दिन प्रतिदिन बढ्दै गएको बताउनुभएको छ ।
थारु समुदायमा भलमनसा चयन सुरु
माघ (माघी) पर्व सकिएसँगै थारु गाउँमा भलमनसा चयनको काम आजबाट थालिएको छ । गाउँको नेतृत्व गर्नका लागि सो समुदायका मानिसले भलमनसा चयन गर्न थालेका हुन्।
लहान नगरपालिकाको वडा भवन उद्घाटन
लहान नगरपालिका वडा नं. ११ का वडा कार्यालय आफ्नै नवनिर्मित भवन सञ्चालनमा आएको छ ।
निःशुल्क चुल्हो वितरण
रौतहटको परोहा नगरपालिकाले नगरवासीलाई एलपी ग्यास सिलिण्डर र त्यसमा लाग्ने चुल्हो सेट निःशुल्क वितरण गरेको छ ।