निर्माण मापदण्ड कार्यान्वयन नहुँदा भूकम्पीय जोखिम
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भवन निर्माण गर्दा लागत खर्च सस्तो खोजेर निर्माण मापदण्ड कार्यान्वयन नगर्दा भूकम्पीय जोखिम दिन प्रतिदिन बढ्दै गएको बताउनुभएको छ ।
थारु समुदायमा भलमनसा चयन सुरु
माघ (माघी) पर्व सकिएसँगै थारु गाउँमा भलमनसा चयनको काम आजबाट थालिएको छ । गाउँको नेतृत्व गर्नका लागि सो समुदायका मानिसले भलमनसा चयन गर्न थालेका हुन्।
लहान नगरपालिकाको वडा भवन उद्घाटन
लहान नगरपालिका वडा नं. ११ का वडा कार्यालय आफ्नै नवनिर्मित भवन सञ्चालनमा आएको छ ।
निःशुल्क चुल्हो वितरण
रौतहटको परोहा नगरपालिकाले नगरवासीलाई एलपी ग्यास सिलिण्डर र त्यसमा लाग्ने चुल्हो सेट निःशुल्क वितरण गरेको छ ।
सात हजारलाई एचपिभी खोप लगाइँदै
ताप्लेजुङमा करिब सात हजार जना किशोरीलाई एचपिभी खोप लगाइने भएको छ ।
खाडलका कारण दुर्घटना जोखिम
गोरखा सदरमुकामको मुख्य क्षेत्र हरमटारी चोकदेखि अस्पताल चोकसम्म ठुला खाडलका कारण दुर्घटना जोखिम बढ्दै गएको छ । लामो समयदेखि मुख्य सडकमा ठुला खाडल हुँदा पनि मर्मतका लागि समबन्धित निकायले ध्यान नदिँदा दुर्घटना जोखिम बढ्दै गएको हो ।
पर्यटकका लागि कालीगण्डकीमा जलयात्रा
म्याग्दी र मुस्ताङ भ्रमणका लागि आउने पर्यटकका लागि लक्षित गरेर कालिगण्डकी नदीमा जलयात्रा सुरु गरिएको छ । बेनीमा जारी आठौं म्याग्दी महोत्सवका अवसरमा कालिगण्डकीमा जलयात्रा सुरु भएको हो ।
भूकम्प सिकाइबारे प्रदर्शनी
“भूकम्पले सिकाएको पाठ, बलियो संरचना सुदृढ पूर्व तयारीका साथ” भन्ने मूल नारासाथ हेटौँडामा २७ औँ भूकम्प सुरक्षा दिवस मनाइएको छ । हेटौँडा उपमहानगरपालिकाको आयोजनामा हेटौँडा –२ स्थित कार्यालयको प्राङ्गणमा बुधवार बिहान दिवसको अवसरमा भूकम्प सिकाइ प्रदर्शनी कार्यक्रम २०८१ गरिएको हो ।
‘भूकम्प प्रतिरोधी संरचनासँगै नागरिकमा सचेतना’
भूकम्पीय जोखिम कम गर्नका लागि भूकम्प प्रतिरोधी संरचना निर्माणसँगै नागरिकमा सचेतना आवश्यक रहेको कार्यक्रमका सहभागीले बताएका छन् ।
ट्रम्पको शपथ ग्रहण समारोह ऐतिहासिक हुने
अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड जे ट्रम्पको राष्ट्रपतिको पदभार ग्रहण गर्ने दिन आउन एक साता पनि बाँकी छैन तर सपथ ग्रहण समारोहको चर्चा भने निकै चुलिएको छ ।
भूकम्प सुरक्षा दिवसमा सचेतनामूलक कार्यक्रम
सिन्धुली जिल्लामा २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा बुधबार प्रभातफेरी तथा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।
गण्डकीमा धान उत्पादन ३.२२ प्रतिशतले घट्यो
गण्डकी प्रदेशमा धान खेतीको उत्पादन घटेको छ । प्रदेशमा चालु वर्ष २०८१-०८२ मा ३.२२ प्रतिशतले धान उत्पादन घटेको हो।
घुम्नैपर्ने एक सय गन्तव्यको मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न महोत्सव
मुन्दुम पदमार्गको प्रवर्द्धन गर्न महोत्सव सुरु भएको छ । सरकारको घुम्नैपर्ने एक सय गन्तव्यमा पर्न सफल यो पदमार्गको प्रवर्द्धन गर्ने लक्ष्यले सांस्कृतिक, पर्यटन तथा कृषि मेला सुरु भएको हो ।
नदी किनारमा धार्मिक मेलाको रौनक
माघेसङ्क्रान्ति पर्वका अवसरमा उदयपुरका कतिपय नदी किनारका विभिन्न स्थानमा मङ्गलबार बिहानैदेखि धार्मिक मेला लागेको छ ।
मुन्धुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय उद्घाटन
खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्धुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालयको स्थापना गरेको छ ।
पर्वलाई जीविकासँग जोड्दै
विराटनगर महानगरपालिका–९ निवासी सुमित्रादेवी साहले माघेसङ्क्रान्तिका लागि एक हजार लड्डु बनाउने सरसामानको जोरजाम गर्नुभएको छ ।
सौतेनिया पोखरी ओझेलमा
रामगोपालपुर नगरपालिकामा रहेको महोत्तरी जिल्लाको सबभन्दा ठुलो सौतेनिया पोखरी प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । वनभोज स्थल, डुङ्गा सयर र घुम्नका लागि उपयुक्त भए पनि यसको उचित प्रचारप्रसार हुन सकेको छैन ।
जीर्ण पुलका कारण जोखिमपूर्ण यात्रा
पर्साको जानकी टोलदेखि रौतहटको गण्डक नहरको ३ नम्बर ब्लकसम्म फैलिएको नेपाल गण्डक सडकमा रहेका पुल जीर्ण अवस्थामा पुगेपछि यात्रा जोखिमपूर्ण बन्दै गएको छ ।
गाउँ भित्रिनेभन्दा बाहिरिने बढी
हिमाली जिल्ला म्याग्दीका स्थानीय तहमा करिब चार सय व्यक्ति जिल्ला भित्रिँदा एक हजार तीन सयभन्दा बढी व्यक्ति जिल्लाबाट बाहिरिएका छन् ।
छ महिनामा छ वटा मुद्दा
मनाङ जिल्ला अदालतमा वर्षभरिमा छ थान मुद्दा परेको छ । गण्डकी प्रदेशका अन्य जिल्ला अदालतको तुलनामा सबैभन्दा कम मुद्दा पर्नेमा जिल्ला अदालत मनाङ पर्दछ ।
जन्म र मृत्यु संस्कारमा चामल सहयोग, विपन्नका लागि राहत अनुभव
सरकारले साबिक कर्णाली अञ्चलका पाँच जिल्लाका बासिन्दाका लागि जन्म र मृत्यु संस्कारमा निःशुल्क रूपमा उपलब्ध गराउने खाद्यान्न गरिब तथा विपन्न परिवारलाई निकै उपयोगी देखिएको छ ।
जलचर संरक्षण ऐनको तयारी
कर्णाली प्रदेश सरकारले जलचर संरक्षण ऐन निर्माण गर्न लागेको छ । पुस १९ गते बसेको मन्त्रीपरिषद्को बैठकले ऐन निर्माणका लागि सैद्धान्तिक सहमति दिएसँगै काम अघि बढेको छ ।
बयासी विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून
हिमाली जिल्ला हुम्लाका सात वटा गाउँपालिकाका ८२ वटा विद्यालयमा एक सयभन्दा कम विद्यार्थी अध्ययन गर्दै आएका छन् ।
तिस वर्षअघिको लालपुर्जा छ, जग्गा छैन
बैतडी पाटनका सुकुमवासी भानदेव कलौनीको हातमा ३० वर्षअघि भूमि सुधार आयोगले बाँडेको लालपुर्जा छ तर जग्गा कुन ठाउँमा हो भन्ने अहिलेसम्म भेटिएको छैन ।