सिद्धबाबा सुरुङमार्ग छिचोलिने तय
बहुप्रतीक्षित सिद्धबाबा सुरुङमार्ग छिचोल्ने अन्तिम कार्य (ब्रेक थ्रु) प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने भएको छ ।
रोग लाग्नै नदिन योग
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले रोग लागेर उपचार गराउनुभन्दा रोग लाग्नै नदिनेतर्फ लाग्नुपर्ने बताउनुभएको छ ।
विपिन रिहाइका लागि तीव्र पहल
इजरायल र प्यालेस्टाइनबिच युद्धविराम तथा बन्धकमुक्त गर्ने सम्झौताको अन्तिम तयारी चल्दै गर्दा हमास समूहले नियन्त्रणमा लिएका नेपाली नागरिक विपिन जोशीको रिहाइका लागि नेपाल सरकारले पहल तीव्र पारेको छ ।
झस्काइरहन्छ भूकम्पले टेर्दैनन् स्थानीय
विज्ञहरूले ठुलो भूकम्पको जोखिम रहेको सम्भावना देखाइरहेको अनि पटकपटक भूकम्पका धक्काले झस्काइरहेको भए पनि सल्यानमा निर्माण भइरहेका भवनले भूकम्प प्रतिरोधी मापदण्ड पालनामा बेवास्ता गरिरहेका छन् ।
बिभिन्न स्थानमा माघेसंक्रान्ति मेला
माघे संक्रान्तिको अवसरमा धनकुटामा विभिन्न धाममा श्रद्धालु भत्तजनको घुइँचो लागेको छ । माघे संक्रान्तिको अवसरमा धनकुटाको फलामेटारमा रहेको कौशिका धाम, मुलघाट, भीरगाउँको मधुगंगा, बाघेखोलामा रहेको धर्मगंगा लगायतका तीर्थस्थलमा धार्मिक मेला लागेको हो ।
कपुरकोटमा कृषि मिनी ल्याब स्थापना
सल्यानको कपुरकोटमा कृषि मिनी ल्याब स्थापना गरिएको छ । किसानको खेतबारीको माटो परीक्षण तथा रोग किराको पहिचान गर्न कपुरकोट गाउँपालिकाले कृषि मिनी ल्याब सञ्चालना ल्याएको हो ।
दुर्घटनामा न्यायाधीशसहित दुई घाइते
सुनसरीको बराहक्षेत्र नगरपालिका –३ मा आज सवारी दुर्घटनामा उच्च अदालत पाटनका न्यायाधीशसहित दुई जना घाइते भएका छन् ।
फोनिज अधिवेशनमा पत्रकार सम्मानित
नेपाल आदीवासी जनजाती पत्रकार महासंघ (फोनिज) पाँचथर शाखाले जिल्लामा क्रियाशील दूई जना पत्रकारलाई पुरस्कारसहित सम्मान गरेको छ ।
गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार श्रेष्ठलाई
गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार पत्रकार पंकज श्रेष्ठलाई प्रदान गरिएको छ ।
भैरहवाबाट फ्लाई दुबईको पुनः उडान
मंसिरको अन्तिम साताबाट उडान रोकेको फ्लाई दुबईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट उडान पुनः थालेको छ । मौसमको कारण देखाउँदै फ्लाई दुवईले उडान रोकेको थियो ।
इनरुवामा १० औं राष्ट्रिय योग दिवस मनाइयो
सुनसरीको इनरुवामा १० औं राष्ट्रिय योग दिवस मनाइएको छ ।
भोक्राहा नरसिंहमा सुरुभयो कुस्ती
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा तीन दिवसीय कुस्ती महोत्सव सुरु भएको छ । भोक्राहा नरसिंह गाउँपालिका –७ मा मकर संक्रान्तिको अवसर पारेर तीन दिवसीय कुस्ती महोत्सव सुरु भएको हो ।
देवघाटधाममा महोत्सव
नवलपुरको सङ्गमस्थल देवघाटधाममा एकमहिने महोत्सव सुरु भएको छ । सो ठाउँमा मातापिता सेवा आश्रम र देवघाट दिव्यधाम निर्माणका लागि आर्थिक सङ्कलन गर्न महोत्सव सुरु भएको हो ।
फोनिज ओखलढुङ्गाको अध्यक्षमा श्रेष्ठ
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ओखलढुङ्गाको अध्यक्षमा रबिन श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । फोनिजको तेस्रो जिल्ला अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।
दुम्सीमा कृषि उपज सङ्कलन केन्द्र स्थापना
तनहुँको व्यास नगरपालिकाद्वारा वडा नम्बर–१० को दुम्सीमा कृषि उपज सङ्लन तथा बिक्री केन्द्र स्थापना गरिएको छ ।
माघे सङ्क्रान्तिमा साधुलाई न्यानो कपडा
लायन्स क्लव अफ फूलबारी लहानले साधु सन्तलाई बिहान भोजन गराएर न्यानो कपडा वितरण गरेको छ । लहान –७ स्थित रहेको दुर्र्गा मन्दिरको अगाडि स्थानीय ८० जना विपन्न बालबालिका र साधु सन्तलाई भोजन गराउनुको साथै कपडा वितरण गरिएको क्लवका अध्यक्ष शङकरप्रसाद गुप्ताले जानकारी दिनुभयो ।
सप्तरीमा माघे सङ्क्रान्तिको रौनक
सप्तरी लगायत मुलुकभरि मङ्गलबार माघे सङ्क्रान्ति हर्षोल्लासका साथ मनाइँदै छ ।
नेपालगन्जमा किरियापुत्री घर निर्माण
टाढाबाट उपचारका लागि आउँदा ज्यान गुमाएका र किरिया गर्ने ठाउँ अभाव भएकाहरूले आफन्तको अन्तिम संस्कार राम्रोसँग पूरा गर्न पाउन् भन्ने उद्देश्यले नेपालगन्जमा किरियापुत्री घर निर्माण भइरहेको छ ।
माघे सङ्क्रान्तिमा मगर समुदायको सांस्कृतिक झाँकी
नेपाल मगर सङ्घ नेपालगन्ज उपमहानगरपालिका समिति बाँकेले मङ्गलबार नेपालगन्ज –२० राँझामा माघे सङ्क्रान्तिको शुभकामना कार्यक्रम गरेको छ ।
उखु खेतीसँगै खुदो उत्पादनमा रमाउँदै युवा
केही वर्ष अघिसम्म पाल्पाको अधिकांश स्थानमा कृषकहरु पुस र माघको महिना खुदो तयार गर्न व्यस्त रहन्थे ।
सिप सिकेर उद्यमी बन्दै महिला
घर धन्दामै ब्यस्त बन्दैआएका महिला सीप सिकेपछि उद्यमी बनेका छन् । दश वर्षअघिसम्म घर धन्दामै दिन बित्ने उनीहरुको दिनचार्य उद्यमसँगै फेरिएको छ ।
दुर्गमका विद्यार्थीको आँखा परीक्षण
गुल्मीका दुर्गम स्थानमा रहेका विद्यार्थीहरुको आँखा परीक्षण थालिएको छ।
दशौँ राष्ट्रिय योग दिवस मनाइयो
‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’ भन्ने नाराका साथ आज यहाँ दशौँ राष्ट्रिय योग दिवस मनाइएको छ ।
धनुषाधाममा एक महिने मकर मेला सुरु
धनुषाको धनुषाधाममा एक महिने मकर मेला सुरु भएको छ ।