दुम्सीमा कृषि उपज सङ्कलन केन्द्र स्थापना
तनहुँको व्यास नगरपालिकाद्वारा वडा नम्बर–१० को दुम्सीमा कृषि उपज सङ्लन तथा बिक्री केन्द्र स्थापना गरिएको छ ।
माघे सङ्क्रान्तिमा साधुलाई न्यानो कपडा
लायन्स क्लव अफ फूलबारी लहानले साधु सन्तलाई बिहान भोजन गराएर न्यानो कपडा वितरण गरेको छ । लहान –७ स्थित रहेको दुर्र्गा मन्दिरको अगाडि स्थानीय ८० जना विपन्न बालबालिका र साधु सन्तलाई भोजन गराउनुको साथै कपडा वितरण गरिएको क्लवका अध्यक्ष शङकरप्रसाद गुप्ताले जानकारी दिनुभयो ।
सप्तरीमा माघे सङ्क्रान्तिको रौनक
सप्तरी लगायत मुलुकभरि मङ्गलबार माघे सङ्क्रान्ति हर्षोल्लासका साथ मनाइँदै छ ।
नेपालगन्जमा किरियापुत्री घर निर्माण
टाढाबाट उपचारका लागि आउँदा ज्यान गुमाएका र किरिया गर्ने ठाउँ अभाव भएकाहरूले आफन्तको अन्तिम संस्कार राम्रोसँग पूरा गर्न पाउन् भन्ने उद्देश्यले नेपालगन्जमा किरियापुत्री घर निर्माण भइरहेको छ ।
माघे सङ्क्रान्तिमा मगर समुदायको सांस्कृतिक झाँकी
नेपाल मगर सङ्घ नेपालगन्ज उपमहानगरपालिका समिति बाँकेले मङ्गलबार नेपालगन्ज –२० राँझामा माघे सङ्क्रान्तिको शुभकामना कार्यक्रम गरेको छ ।
उखु खेतीसँगै खुदो उत्पादनमा रमाउँदै युवा
केही वर्ष अघिसम्म पाल्पाको अधिकांश स्थानमा कृषकहरु पुस र माघको महिना खुदो तयार गर्न व्यस्त रहन्थे ।
सिप सिकेर उद्यमी बन्दै महिला
घर धन्दामै ब्यस्त बन्दैआएका महिला सीप सिकेपछि उद्यमी बनेका छन् । दश वर्षअघिसम्म घर धन्दामै दिन बित्ने उनीहरुको दिनचार्य उद्यमसँगै फेरिएको छ ।
दुर्गमका विद्यार्थीको आँखा परीक्षण
गुल्मीका दुर्गम स्थानमा रहेका विद्यार्थीहरुको आँखा परीक्षण थालिएको छ।
दशौँ राष्ट्रिय योग दिवस मनाइयो
‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’ भन्ने नाराका साथ आज यहाँ दशौँ राष्ट्रिय योग दिवस मनाइएको छ ।
धनुषाधाममा एक महिने मकर मेला सुरु
धनुषाको धनुषाधाममा एक महिने मकर मेला सुरु भएको छ ।
लिमी प्रहरी चौकी ६ महिना बन्द
नाम्खा गाउँपालिका-६ को हिमालपारीको गाउँ लिमीको सुनखानीमा स्थापना गरिएको सिमा सुरक्षा प्रहरी चौकी छ महिनाका लागि बन्द गरिएको छ ।
'सुन सरी सुन्तला...'
कृषकले केही समय पहिलासम्म आफूले खान, आफन्तलाई कोसेलीको रुपमा पठाउन घर वरिपरि शौख तथा सौन्दर्यताको लागि हुर्काउने सुन्तलाको बोट अहिले व्यावसायिक बनाएका छन् ।
थारू समुदायमा माघी पर्व धुमधामकासाथ मनाइँदै
बाँकेका हरेक थारू बस्तीमा धुमधामका साथ माघी मनाइँदै छ ।
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
धनु राशिबाट सूर्य मकर राशिमा प्रवेश गर्ने दिन आज पवित्र धामका रुपमा परिचित वराहक्षेत्र, देवघाट, रिडी, त्रिवेणी, गोदावरी धाम, कालीगण्डकीलगायत नदीमा मकर सङ्क्रान्ति स्नान गर्ने भक्तजनको भीड लागेको छ ।
ढिक्री पकाउँदै
बाँके, माघ १ गते । थारू समुदायको पर्व माघी एवं नयाँ वर्षको अवसरमा बाँकेको बैजनाथ गाउँपालिका १ च्यामामा ढिक्रीसँगै घोँघी, डोक्निको चटनी, सिद्रा माछाको तरकारीलगायत परिकार पकाउँदै थारू महिला । तस्बिरः रासस
सडेको अवस्थामा शव फेला
मकवानपुरमा एकजना वृद्धको शव सडेको अवस्थामा फेला परेको छ । मकवानपुरको कैलाश गाउँपालिका –७, भार्ताका ७० वर्षीय टिकाराम प्रजाको भीमफेदी गाउँपालिका –२, रिठेडाँडामा सडेगलेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
मदन भण्डारी अस्पतालमा सिटी स्क्यान सेवा
मोरङको उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा सिटी स्क्यान सेवा सुरु भएको छ ।
किसानको आकर्षण कुरिलो खेती
नवलपुरका किसान व्यावसायिक रूपमा कुरिलो खेतीतर्फ आर्कषित हुन थालेका छन् ।
औषधी व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा
औषधी बिक्रीवितरणमा अस्वस्थ प्रतिस्पर्धाका कारण विकृति बढेको भन्दै औषधी व्यवसायीले चिन्ता व्यक्त गरेका छन् ।
थारू बस्तीमा माघीको उल्लास
थारू समुदायको पर्व माघी अर्थात् नयाँ वर्षले गाउँमा चहलपहल बढाएको छ । माघी पर्वसँगै गाउँघरमा नाचगान र बजारमा किनमेलको चहलपहल बढेको छ ।
एसइई परीक्षा चैत ७ देखि सुरु (तालिकासहित)
२०८१ सालको एसईई परीक्षाको चैत ७ गतेदेखि सुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले मङ्गलवार गोरखापत्र दैनिकमा तालिका सार्वजनिक गरेको छ ।
फोरजी चलेपछि गाउँ गाउँमा खुसियाली
बाजुरा देशकै दुर्गम जिल्लाका रूपमा मानिन्छ ।
हुलाकी राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम
कैलालीमा बाढीले भत्काएको हुलाकी राजमार्ग अहिलेसम्म मर्मत नगर्दा दुर्घटनाको जोखिम बढेको छ ।
तरुल खन्न र उखु पेल्न व्यस्त स्थानीय
बैतडी, दार्चुला र डडेलधुरामा कागलाई सेलरोटी दिएर मनाइने नरहरि पर्व (माघेसङ्क्रान्ति) ले गाउँमा चहलपहल बढाएको छ ।