विषादी प्रयोगमा कमी
काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लामा पछिल्लो समय विषादीको खपत तथा प्रयोगमा कमी आएको छ ।
ब्याजदर पुसकै सरह
वाणिज्य बैङ्कहरूले माघका लागि नयाँ ब्याजदर तोकेका छन् ।
नागरिक लगानी कोषले तेह्र प्रतिशत लाभांश दिने
नागरिक लगानी कोषले आफ्ना सेयरधनीलाई १३ प्रतिशत लाभांश दिने भएको छ ।
गण्डकको पानीले सिँचाइ सहज
पर्सादेखि रौतहटसम्म फैलिएको गण्डक नहरमा यस वर्ष पुस १५ गतेदेखि नै भारतले पानी छाडेपछि करिब अठार हजार हेक्टर क्षेत्रफलमा लगाइएको गहुँबालीमा सिँचाइ सहज भएको छ ।
हिउँदे बालीलाई अभाव नहुने
यस वर्ष हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने दाबी सरकारले गरेको छ ।
सहकारीमा दस लाखभन्दा बढी बचत गर्दा स्रोत खुलाउनुपर्ने प्रस्ताव
अब बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका सदस्यले १० लाख रुपियाँभन्दा बढी बचत रकम जम्मा गर्दा अनिवार्य रूपमा स्रोत खुलाउनुपर्ने भएको छ ।
जापानका राजदूतको आगमन
नेपालका लागि जापानका तर्फबाट राजदूत नियुक्त हुनुभएका मायडा तोरू पदभार समाल्न नेपाल आइपुग्नुभएको छ ।
नेपाल–भारत वाणिज्य सचिवस्तरीय बैठक : हट्यो भारवहन सीमा
काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्ध हुँदै आवतजावत गर्ने नेपाली मालवाहक सवारीसाधनमा लगाइएको भारवहन सीमा हटाइएको छ ।
‘अध्यादेश देश र जनताको हितमा’
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले जारी गरेका अध्यादेश देश र जनताको हितमा रहेको बताउनुभएको छ ।
चिकित्सकको तलब बढाउन सिफारिस
चिकित्सकको तलब न्यूनतम एक लाख २५ हजार रुपियाँ पुर्याउन सिफारिस गरिएको छ ।
उद्यमसँगै ब्युँझिँदै मूर्च्छित सपना
आलु भण्टा स्कुल गए झोला बोकेर टमाटरले स्वागत गर्यो घण्टी ठोकेर । क ख ग घ पढ भन्दा फर्सी आइछिन् खोर्सानीले प्रश्न सोध्दा पिरो परेछ ।।
परम्परागत परिकार ढिक्री बनाउँदै थारु महिला
दाङको घोराही उपमहानगरपालिका १४ झिङौरा गाउँस्थित सोमबार थारु समुदायले माघी पर्वको लागि ढिक्री बनाउँदै ।
रिडीमा माघे संक्रान्ति मेलाको तयारी
माघ १ गतेदेखि सुरु हुने माघे संक्रान्ति मेलाको तयारी पूरा भएको छ । पाल्पा, स्याङ्जा र गुल्मीको सङ्गमस्थल रिडीमा लाग्ने माघे संक्रान्ति मेलाको तयारी पूरा भएको हो ।
प्रदेश निजामती सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लुम्बिनी प्रदेशको प्रदेश निजामती सेवा ऐनसम्बन्धी संशोधन विधेयक २०८० प्रमाणीकरण भएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको हो ।
फागुन ६ देखि बृहत दोलखा महोत्सव हुने
दोलखामा आगामी फागुन ६ गतेदेखि १८ गतेसम्म तेस्रो बृहत दोलखा महोत्सव २०८१ हुने भएको छ । दोलखा उद्योग वाणिज्य संघको आयोजनामा १२ दिने बृहत दोलखा महोत्सव हुने भएको हो ।
चिया पकाउँदा सल्केको आगोले घर जलेर नष्ट
चिया पकाउन बालिएको आगो पूरा घरमा फैलिएर आगलागी भएको छ । आगलागीमा परेर फुसको छानो भएको ढुङ्गा माटोले बनेको एक तले घर जल्दा करिब १५ लाख बराबरको क्षति भएको छ ।
थारु गाउँ-बस्तीमा माघी पर्वको रौनक
थारु समुदायमा आजबाट माघ (माघी) पर्व सुरु भएको छ । गाउँ गाउँमा जिता मारिएका छन् । बालबालिकादेखि वृद्धावृद्धासम्म रमाइरहेका छन् । माघ सम्बन्धित गीतले थारु बस्ती गुञ्जायमान बनेको छ ।
सौतेनिया पोखरी ओझेलमा
महोत्तरी जिल्लाको मात्रै नभई सम्भवतः यस भेगकै सबभन्दा ठुलो पोखरीको रूपमा चिनिएको रामगोपालपुर ३ दोलाढीका सौतेनिया पोखरी ओझेलमा परेको छ ।
पशुपक्षी अस्पताल भवन निर्माण अलपत्र
निर्माण कम्पनीको लापरबाहीले गर्दा तनहुँको सदरमुकाम दमौलीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र तनहुँको परिसरमा बन्दै गरेकाे नमुना पशुपंक्षी अस्पतालको भवन अलपत्र परेको छ ।
नेपाल भाषा साहित्यिक यात्रा सम्पन्न
शताब्दीपुरुष सत्यमोहन जोशीले स्थापना गर्नुभएको लोकसाहित्य परिषद्, ललितपुर बखुंबहालको आयोजनामा साहित्यिक यात्रा सम्पन्न भएको छ ।
ट्याङ्कर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु
बाँकेको राप्तीसोनारी १ सौरी मोडस्थित पूर्वपश्चिम राजमार्गमा सोमबार भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जको पर्यटन प्रवर्द्धन गर्न महोत्सव
सिराज खान नेपालगन्ज, पुस २९ गते । बर्दिया राष्ट्रिय निकुञ्जको पर्यटन प्रवर्द्धन गर्नका लागि ठाकुरबाबा नगरपालिकामा प्रथम ठाकुरबाबा उद्योग, कृषि, पर्यटन प्रविधि तथा सांस्कृतिक महोत्सवको आयोजना गरिने भएको छ । ठाकुरबाबा उद्योग वाणिज्य सङ्घले महोत्सवको बारेमा जानकारी गराउँदै बर्दिया राष्ट्रिय निकुञ्जलगायत बर्दिया जिल्लाको पर्यटन प्रवर्धनका लागि आगामी माघ १४ गतेबाट महोत्सवको आयोजना गर्न लागिएको बताएको छ । सङ्घका अध्यक्ष गणेश कुँवरले ठाकुरबाबा नगरपालिकामा लुम्बिनी प्रदेशमै बढी पर्यटक भित्र्याउन धार्मिक सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने, कृषिमा रहेको व्यापार प्रवर्धन तथा कृषि यान्त्रीकरणलाई प्रोत्साहन गर्ने, स्थानीय कलाकारहरूको क्षमता अभिवृद्धि तथा प्रोत्साहन गर्ने लगायतका उद्देश्य राखी महोत्सवको आयोजना गर्न लागिएको बताउनुभयो । महोत्सव अवधिभर आन्तरिक तथा बाह्य पर्यटकहरूलाई विशेष सुविधा र प्याकेज दिइने उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष महेन्द्र पङ्गेनीले बताउनुभयो । उहाँले भन्नुभयो, "बर्दिया जिल्लामा भित्रिएका पर्यटकहरूका लागि छिट्टै नै आकर्षक प्याकेजहरू सार्वजनिक गर्दैछौँ, आन्तरिक बाह्य र विशेषगरी भारतीय पर्यटक भित्र्याउने योजना छ ।"महोत्सवका मुख्य आकर्षणहरुमा विद्यालयस्तरीय विज्ञान प्रतियोगिता, कृषि उत्पादन प्रदर्शनी, विद्यालयस्तरीय नृत्य प्रतियोगिता स्थानीय स्तरमा उत्पादित हस्तकला प्रदर्शनीका साथै राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारको प्रस्तुति रहने वरिष्ठ उपाध्यक्ष पङ्गेनीले बताउनुभयो । माघ १४ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने सो महोत्सवमा करिब ७० लाख खर्च हुने अनुमान आयोजकको छ । महोत्सवमा १२० वटा स्टल राखिने आयोजकले जनाएको छ ।
सुत्केरीलाई ६ महिनासम्म मासिक चार हजार
गोरखाको गण्डकी गाउँपालिकाले बालबच्चालाई कुपोषणबाट जोगाउन सुत्केरी भएकी महिलालाई ६ महिनासम्म मासिक ४ हजार रुपियाँ दिने भएको छ ।
लड्डुको व्यापार
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ स्थित धम्बोझी चोकमा व्यापारीले बिक्रीका लागि ठेलामा राखेको तिल र भूजियाको लड्डु ।